ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई उत्तर कोरियाको चेतावनी


abc news
श्रावण १३, २०८२ मंगलबार   ५ : ००   बजे

काठमाडौ १३ साउन । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक हतियार त्याग्न बाध्य नपार्न अमेरिकालाई चेतावनी दिनुभएको छ ।

ह्वाइट हाउसका एक अधिकारीले किम जोङ उनसँग वार्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प खुला रहेको बताएपछि उत्तर कोरियाका नेताकी शक्तिशाली बहिनीले अमेरिकालाई आणविक निःशस्त्रीकरणको विरुद्धमा चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उहाँले उत्तर कोरियालाई आणविक हतियार राष्ट्रका रूपमा अस्वीकार गर्ने कुनै पनि प्रयासलाई पूर्णरूपमा नमान्ने बताउनुभएको राज्य सञ्चारमाध्यमले प्रकाशित गरेको वक्तव्यमा उल्लेख छ ।

किमले आफ्ना दाइ र ट्रम्पबीचको ‘व्यक्तिगत सम्बन्ध’ ‘नराम्रो नभएको’ बताउनुभयो तर भविष्यको कुनै पनि वार्तामा ‘आणविक निःशस्त्रीकरणको उद्देश्य पूरा गर्न’ प्रयोग नगर्न उहाँले चेतावनी दिनुभयो । यस्तै उहाँले आणविक निःशस्त्रीकरणको उद्देश्यले गरिने वार्तालाई ‘उपहास’ को रूपमा व्याख्या गरिने बताउनुभएको छ ।

उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी सम्झौतामा पुग्नका लागि अमेरिकी राष्ट्रपतिको पहिलो कार्यकालमा ट्रम्प र उत्तर कोरियाली नेताबीच तीन पटक भेट भएको थियो । तर सन् २०१९ मा भियतनामको राजधानी हनोईमा भएको दोस्रो शिखर सम्मेलनमा उत्तर कोरियाले यसको बदलामा के पाउने भन्ने कुरामा सहमति हुन नसकेपछि यसले आफ्नो आणविक कार्यक्रमलाई गति दिएको छ ।

ट्रम्पले उत्तर कोरियाली नेतासँग आफ्नो ‘उत्कृष्ट सम्बन्ध’ बारे कुरा गर्नुभएको र प्योङयाङमा तेस्रो पुस्ताका शासकसँग पुनः वार्ता गर्न खोज्ने सङ्केत गर्नुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group