ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा पुँजीगत खर्चमा सुधार राजस्व पनि बढ्यो


abc news

काठमाडौ १३ साउन । रुपन्देहीमा पुँजीगत खर्च विगतको भन्दा सुधार भएको छ । आर्थिक वर्षको सुरुमा टेण्डर आह्वानमै ढिलाई हुँदा बर्सेनि विकास खर्च न्यून हुँदै आएको थियो । तर आर्थिक वर्ष २०८१‍र०८२ मा विगतका वर्षहरुमा भन्दा विकास खर्च सन्तोषजनक रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय ९कोलेनिका० रुपन्देहीले जनाएको छ ।

कार्यालयका अनुसार आव २०८१र०८२ मा ३१ अर्ब ८० करोड ७ लाख ३० हजार ९३७ रुपैयाँ अख्तियारी पाएको कोलेनिकाले पुँजीगततर्फ १८ अर्ब ४५ करोड ६० लाख र चालुतर्फ १८ अर्ब ३४ करोड ४६ लाखको अख्तियारी पाएको थियो । जिल्लामा कुल बजेटको २५ अर्ब ८ करोड २७ लाख अर्थात् ७८।८७ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ कुल रकमको ८ अर्ब १७ करोड ४३ लाख अर्थात् ६०।७२ प्रतिशत खर्च भएको छ ।

असारमा मात्रै पुँजीगततर्फ ३ अर्ब २९ करोड ४८ लाख खर्च भएको छ । जुन कुल खर्च भएको रकमको ४०।३३ प्रतिशत हो । अघिल्लो आव २०८०र०८१ भन्दा जिल्लाका संघीय कार्यालयहरुले पुँजीगततर्फ २०८१र०८२ मा १६७।७९ प्रतिशतले बढी खर्च गरेको प्रमुख कोष नियन्त्रक मञ्जुकुमारी जैसी ढकालले बताइन् । ‘विगतको तुलनामा समग्रमा जिल्लाको पुँजीगत खर्चलाई राम्रो मान्नुपर्छ’, उनले भनिन् ।

ढकालले असारमा निर्माणको काम भएर खर्च नभई पुराना भुक्तानी भएकाले पनि खर्च बढी देखिएको जनाइन् । ‘कहिलेकाँहि बजेट ढिलो आउँदा असारमा बढी भुक्तानी गर्नुपर्ने हुन्छ’, उनले भनिन्, ‘यसैले असारको खर्चलाई सबै निर्माणको काम असारमा भयो भनेर बुझ्नु हुँदैन ।’ जिल्लामा चालुतर्फ कुल बजेटमध्ये १६ अर्ब ९१ करोड ९२।१९ प्रतिशत खर्च भएको छ भने अघिल्लो वर्ष २०८०र०८१ मा ९१।३० प्रतिशत बजेट खर्च भएको थियो ।

राजस्व संकलन १ खर्ब २० अर्ब
कोलेनिकाका अनुसार राजस्व संकलन भने गत वर्ष भन्दा बढेको छ । आर्थिक वर्ष २०८१र०८२ मा रुपन्देही जिल्लाबाट १ खर्ब २० अर्ब ६९ करोड ८८ लाख राजस्व संकलन भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०र०८१ भन्दा १५।१६ प्रतिशतले बढी भएको सूचना अधिकृत मदनकुमार जिसीले बताए । अघिल्लो वर्ष जिल्लाबाट १ खर्ब ४ अर्ब ८१ करोड ३८ लाख राजस्व संकलन भएको थियो ।

‘भैरहवा भन्सार कार्यालयको १७।७५ प्रतिशत, आन्तरिक राजस्व भैरहवाको २५।६०, आन्तरिक राजस्व बुटवलको १०।१६ र अध्यागमन कार्यालयको २।२० प्रतिशतले राजस्व संकल दर वृद्धि भएकाले समग्रमा रुपन्देहीबाट राजस्व संकलन वृद्धि भएको हो’, जिसीले भने ।

आन्तरिक राजस्व कार्यालय भैरहवाको १२ अर्ब ९८ करोड राजस्व
आन्तरिक राजस्व कार्यालय भैरहवाले २०८१र०८२ आर्थिक वर्षमा १२ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले विगतका वर्षहरुको तुलनामा गत आर्थिक वर्ष २०८१र०८२ मा राजस्व संकलन वृद्धि गरेको प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले बताए । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०र०८१ को तुलनामा गत आवमा राजस्व संकलन दुई अर्ब ३५ करोड अर्थात् २५।७ प्रतिशतले बढेको छ ।

कार्यालयले १३ अर्ब २७ करोड राजस्व संकलनको लक्ष्य पाएकोमा लक्ष्यको ९७।८ प्रतिशत राजस्व संकलन भएको छ । आर्थिक गतिविधिमा वृद्धि, नियमित, प्रभावकारी र क्षेत्रगत बजार अनुगमन, अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधार, बक्यौता असुलीमा तीव्रता, कर परीक्षण तथा अनुसन्धानको प्रभावकारीता, परीणाममुखी करदाता शिक्षा, नक्कली मूल्य अभिवृद्धि कर बिजक जारी गर्नेमाथिको अनुसन्धान जस्ता कारणले राजस्व संकलन गत वर्षको तुलनामा वृद्धि भएको प्रमुख कर अधिकृत पोखरेलले जनाए ।

कार्यालयले गत आवमा आयकरतर्फ एक अर्ब ७० करोड ११ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ८६ करोड आठ लाख र अन्तस्शुल्कबापत नौ अर्ब एक करोड ५६ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । सबैभन्दा बढी राजस्वको क्षेत्र ओगटेको अन्तस्शुल्कतर्फ अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा एक अर्ब ९५ करोडभन्दा बढी राजस्व संकलन भएको छ । उनका अनुसार आयकरतर्फ ३७ करोड र मूल्य अभिवृद्धि करतर्फ २९ करोडले राजस्व बढेको छ ।

कार्यालयले भदौ, असोज, फागुन, वैशाख, जेठ र असारमा राजस्व विभागद्वारा तोकिए अनुसारको राजस्व असुली गरेको पोखरेलले उल्लेख गरे । कार्यालयको कार्यक्षेत्र रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका–५ देखि १७ सम्म, देवदह नगरपालिका–१, २, ३, ४, ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, कोटहीमाई, मर्चवारी, मायादेवी, ओमसतिया, रोहिणी, सम्मरीमाई र सियारी गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com