ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शक्ति राष्ट्रहरूले प्रभुत्व जमाउन नेपालमा ठूलो रकम खर्च गरिरहेका छन् : प्रचण्ड


abc news
श्रावण १३, २०८२ मंगलबार   १ : ३९   बजे

काठमाडौ १३ साउन । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको निगरानी बाहिर समानान्तर बजेट वितरण हुने गरेको बताएका छन्।

मंगलबार माओवादी केन्द्र समाजकल्याण विभागले ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आईएनजीओ र एनजीओका नामबाट निकै ठूलो रकम आउने गरेको उल्लेख गरे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नेपाल जस्तो गरिब देशमा प्रभाव पार्न र प्रभुत्व विस्तार गर्ने साधनका रुपमा शक्ति राष्ट्रले नेपालमा लगानी गरिरहेको उल्लेख गरे।

‘आईएनजीओ भनेर अथवा एनजीओका नामबाट निकै ठूलो रकम अनुदानमा विभिन्न विदेशी दातृ संस्थाहरू या राष्ट्रहरूले पनि ठूलो लगानी दिने गरेका छन्, आउने गरेको छ,’ प्रचण्डको भनाइ छ, ‘सरकारमा हुँदा हामीले यसलाई नियमन कसरी गर्न सकिन्छ भन्ने प्रयास गर्‍यौँ। तर आईएनजीओ, एनजीओबाट जाने रकम चाहीँ सिधै जान्छ। र त्यो समानान्तर बजेट, सरकाको भन्दा ठूलो बजेट जस्तो पनि देखिन्छ।’

राज्यले यसलाई आफ्नो नियमनभित्र ल्याउनुपर्नेमा समेत उनले जोड दिए। ‘राज्यले यसलाई आफ्नो नियमभित्र, आफ्नो अनुगमन प्रणालीभित्र, आफ्नो लेखाभित्र राख्नुपर्छ भन्ने छलफल हामीले धेरै गर्‍यौँ,’ उनले भने, ‘राज्य बेखबर जस्तो, संस्थाहरूले आफ्नो ढंगले पैसा ल्याउने, त्यसको सदुपयोग दुरुपयोग के भइरहेको छ भन्ने कुरालाई राज्यले गम्भीरतापूर्वक हेर्ने भएन भने यो हामीले जनयुद्धमा भनेजस्तै हुनजान्छ।’

प्रचण्डले थपे, ‘विदेशका ठूला ठूला शक्ति राष्ट्र र त्यहाँका धनाढ्यहरू, ठूला ठूला पुँजीपतिहरूले तेस्रो विश्वका देशहरूमा, हामी जस्तो गरिब देशहरूमा प्रभाव, प्रभूत्व विभिन्न रुपमा विस्तार गर्ने साधन र हतियार नै हुन पुग्छन्। हामीले हिजो बुझेको गलत बुझिएछ भन्ने होइन। उनीहरूले खोज्ने त त्यस्तै हो।’

उनले शक्ति राष्ट्रहरू वा दातृ निकायले दिने अनुदान विशुद्ध सहयोग हुन नसक्ने ठोकुवा समेत गरे। अनुदानमा राजनीतिक उद्देश्य रहेको पनि प्रचण्डले स्पष्ट पारे। ‘ठूल(ठूला शक्ति राष्ट्रहरूको त्यसो गर्नुको पछाडि, त्यसो गर्न दिनुको पछाडि त राजनीति छ,’ प्रचण्डको भनाइ छ, ‘राजनीतिभन्दा बाहिर छ, यो चाहीँ विशुद्ध सेवाभावद्वारा उत्प्रेरित भएर भएको हो भन्ने बुझाई ठिक होइन।’

उनले थपे, ‘सबैले आफ्नो राजनीतिक उद्देश्य परिपूर्तिको निम्ति, विश्वभर आफ्नो प्रभाव विस्तारको निम्ति, विभिन्न सामाजिक संघ, संस्था निर्माण गर्ने, तिनको प्रयोग गर्ने गर्दै नै आएका छन्।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group