ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशसभा विघटन जस्तो घातक सुझाव कहिल्यै दिँदैनौं – नेकपा एमाले


abc news

काठमाडौ १२ साउन । मुख्यमन्त्री बहादुर सिंह लामाले बगमती प्रदेशसभा विघटन गर्ने सक्ने आफूसँग विकल्प रहेको प्रतिक्रिया दिएपछि एमालेले ध्यानाकर्षण गराएको छ ।

मुख्यमन्त्री लामाले एक सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै प्रदेशसभा विघटन गर्ने आफूसँग विकल्प रहेको र सत्ता साझेदार दल नेकपा एमालेसहितका सत्ता साझेदार दलहरूले पनि सोही अनुसारको सुझाव दिएको बताएपछि एमालेले आपत्ति जनाएको हो ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रदेश सभा विघटन गर्ने जस्तो घातक सुझाव नेकपा एमालेले कहिल्यै नदिएको र नदिने जानकारी गराए । त्यस प्रकारको गलत समाचारको कडा प्रतिकारका साथ एमालेले खण्डन गर्ने सचेतक पौडेलले बताए ।

ञएमाले संधै राजनीतिक स्थायित्व र सुशासनका लागि संघर्षरत पार्टी हो । हाम्रो दल सोही उदेश्यका लागि नेपाली कांग्रेससँग मिलेर वर्तमान संयुक्त सरकारमा सामेल भएको हो । तसर्थ त्यस प्रकारको गलत र प्रतिगामी सुझाव नेकपा ९एमाले० ले नदिएको व्यहोरा जनसमक्ष जानकारी गराउँदै उक्त कपोलकल्पित र भ्रामक सन्देशको कडा प्रतिवादको साथ खण्डन गर्दछौं ।झ पौडेलले भने ।

उनले नेपाली कांग्रेससँगको सहकार्य निरन्तर जारी रहने पनि जनाए। ‘कांग्रेसबाट को मुख्यमन्त्री हुन्छ भन्ने हाम्रो सरोकारको विषय होइन । नेपाली कांग्रेसबाट जो मुख्यमन्त्री हुन्छ हामी तोकिएको समयसम्म सहयोग र समर्थन गर्छौं,झ उनले भने, ञतर एमालेले प्रदेशसभा विघटन गर्ने घातक सुझाव कहिल्यै दिन सक्दैन र दिँदैनौं पनि।’

बागमतीका मुख्यमन्त्री बहादुरसिंह आफ्नै २१ जना सांसदको अविश्वास प्रस्तावको सामना गरिरहेका छन् । काठमाडौंबाट आज सोमबार हेटौंडा आएका लामा छलफलमा जुटेका छन ।

कांग्रेस संसदीय दलभित्रको विवाद समाधानका लागि पार्टी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य राजन केसीले लामा र सांसद इन्द्रबहादुर बानियाँलाई राखेर छलफल गरिरहेको जनाइएको छ ।

कांग्रेस संसदीय दलको १ बजेका लागि बोलाइएको बैठक साढे ४ बजेसम्म बस्न सकेको छैन । कांग्रेसका ३७ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com