ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्छौँ – पर्यटनमन्त्री


abc news

काठमाडौ १२ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकार निजी क्षेत्रसँगको साझेदारीलाई फराकिलो बनाएर अघि बढ्ने बताएका छन् ।

मन्त्रालयमा आज आयोजित ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रसँग मिलेर काम गर्न चाहेको स्पष्ट पारे । उनले भने, ‘निजी क्षेत्र आत्मविश्वासका साथ अघि बढोस् । सरकार समन्वय गर्न तयार छ । निजी क्षेत्र अघि बढ्यो भने मात्रै परिणाम आउन सक्छ । हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौँ।’

मन्त्री पाण्डेले २०७२ सालमा संविधान जारी भएसँगै सोही अनुरुप सङ्घीयता कार्यान्वयन गर्नका लागि मन्त्रालय नीतिगत रुपमा अघि बढेको बताए ।

संस्कृति नीति र हवाई नीति मन्त्रिपरिषद्को विधेयक शाखामा छलफलका क्रममा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले १३ ऐनसमेत अघि बढिसकेको बताए।

विसं २०६५ को पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै नयाँ पर्यटन नीतिमा अद्वितीय पर्यटकीय गन्तव्य नेपाल भन्ने शब्दावली नै नीतिको संरचना दूरदृष्टिका रुपमा राखेको उनले बताए । मन्त्री पाण्डेले पर्यटन नीतिसँग तादात्म्य हुनेगरी ऐन र नियमावली बनाएर प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरे ।

मन्त्रालयका सहसचिव इन्दु घिमिरेले नीतिको उद्देश्य र प्राथमिकताबारे प्रस्तुतीकरण गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि समयानुकूल नीतिगत सुधार गर्नुपर्ने विषयलाई समेटेर नीति ल्याइएको जानकारी दिए । उनले राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान बनाउने गरी नीति अवलम्बन गरिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com