काठमाडौ १२ साउन । बागमती प्रदेश सरकारका विषयमा भइरहेको पछिल्लो विवाद समाधानका लागि आह्वान भएको नेपाली कांग्रेस संसदीय बैठक बस्दै नबसि स्थगित भएको छ। अब बैठक मंगलबार बिहान ११ बजेका लागि तय भएको मुख्यमन्त्री बहादुरसिंह लामाले नेपालखबरलाई जानकारी दिए।
ुछलफल हुनै बाँकी छ। निष्कर्ष पूर्णरुपमा भएको छैन। भोलि ११ बजेसम्मका लागि सारिदिन पर्यो भन्यौँ त्यहीअनुसार भयोु लामाले भने।
मुख्यमन्त्री लामाले आफूनिकटका केही सांसदहरू हेटौँडा बाहिर भएको र बैठक भोलि बिहानसम्मका लागि सार्न आग्रह गरे पछि बैठक सरेको हो।
बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिहेको छ तर, कांग्रेसकै प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ नेतृत्वको टोलीले सरकार ढाल्न मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ।







प्रतिक्रिया दिनुहोस्