ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीबाट हराए‍का १६ जनाको लोकेसन शुक्रबार राति रामेछाप देखियो


abc news
श्रावण १२, २०८२ सोमबार   ५ : १५   बजे

काठमाडौ १२ साउन । सिन्धुलीको गोलान्जोर गाउँपालिका(६ बागेश्वरबाट बेपत्ता भएका एकै परिवारका १६ जना रामेछाप पुगेको भेटिएको छ।

बिहीबारदेखि सम्पर्कविहीन भएका उनीहरूको लोकेसन शुक्रबार राति १० बजेर ९ मिनेट जाँदा रामेछापमा देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले नेपालखबरलाई जानकारी दिए।

ुशुक्रबार राति १० बजेर ९ मिनेटसम्मको लोकेसन रामेछाप देखियो। त्यसपछि उक्त लोकसन ट्रयाक भएको मोबाइल चलेको छैन,ु उनले भने, ुउक्त सीम चलेको पनि देखिएन।ु

बेपत्ता भएका परिवारको घरमा बस्तुभाउ सबै छन्। गाउँलेले उनीहरूलाई बिहीबारदेखि नै नदेखेको बताएका छन्।

हायु थरका उनीहरूलाई स्थानीय सरकारले लोपउन्मुख जातिका रुपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्तासमेत दिँदै आएको थियो। उनीहरूले तीन महिनाको १६ जनाको एक लाख ९२ हजार रुपैयाँ लिएका थिए।

यस्तै घरमै सुँगुर काटेर खाएको पनि देखिएको छ। हायुको घर एकान्तमा छ। त्यहाँबाट अर्को कुनै घर पुग्न कम्तिमा १५ मिनेट लाग्ने वडा अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए।

उनीहरूले एउटा भैँसी गाउँकै अर्को घर नजिकै बाँधेका थिए। हरेक दिन घाँस पानी गर्न जान्थे। तर, बिहीबारदेखि उनीहरू भैँसीलाई घाँस हाल्न नगएपछि गाउँले सोमबार बिहान घरै पुगेर हेर्दा ढोका खुलै थियो। तर, मान्छे कोही पनि थिएनन्। त्यसपछि खोजी सुरु भएको हो।

बेपत्ता हुनेमा उर्मिला हायु, उनका ६ जना छोरा, ५ छोरी, २ ज्वाइँ र नातिनातिनाहरू छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group