काठमाडौ १२ साउन । कोसी प्रदेशमा आर्थिक वर्ष २०८१र०८२ मा प्रमुख कृषि बालीहरूको उत्पादन अधिकांशको घटेको पाइएको छ।
कोसी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तरगत प्रदेश कृषि निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा अधिकांश कृषि बालीको उत्पादन घटेको देखाएको हो।
वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रस्तुत भएको तथ्यांक अनुसार, चैते धान १४।७५ प्रतिशतले घटेको देखिएको छ। त्यस्तै हिउँदे फलफूल २०।१६ प्रतिशतले घटेको सरकारी तथ्यांक छ। सबै भन्दा कम उत्पादन घटेको कृषि बस्तुहरू पनि यी दुवै हुन्।
चैते धान आर्थिक वर्ष २०८०र०८१ मा ५३ हजार ६२५ हेक्टरमा भएको खेतीबाट २ लाख ७९ हजार ५३७ मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०८१र०८२ मा आउँदा १० हजार हेक्टर क्षेत्र घटेर ४३ हजार ८६८ हेक्टरमा २ लाख ३८ हजार ३०८ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालयले जनाएको छ।
यसरी हेर्दा क्षेत्रफल १८।१९ प्रतिशत र उत्पादन १४ दशमलव ७५ प्रतिशत रहेको छ। त्यस्तै हिउँदे जातका फलफूलको पनि उत्पादन धेरै घटेको छ। आर्थिक वर्ष २०८०र०८१ मा ६ हजार ६९६ हेक्टरबाट २६ हजार ३५८ मेट्रिक टन उत्पादन हुँदै आएकोमा आर्थिक वर्ष २०८१र०८२ मा २ हजार ८७३ हेक्टरमा खुम्चिएर २१ हजार ४४ मेट्रिक टन उत्पादनमा झरेको छ।
एकै वर्ष यति धेरै हिउँदे फलफूलको उत्पादन घटेको हो। यो अघिल्लो वर्षको तुलनामा २० दशमलव १६ प्रतिशत भएको कृषि निर्देशक प्रकाश डाँगीले बताए।
त्यस्तै त्यस्तै दलहन खेतीको क्षेत्रफल ६ प्रतिशत घट्दा उत्पादन पनि ५ दशमलव ०१ प्रतिशत घटेको छ। आर्थिक वर्ष २०८०र०८१ मा ३७ हजार ४०४ हेक्टरमा ४३ हजार ५१५ मेट्रिक टन उत्पादन भएकोमा आर्थिक वर्ष २०८१र०८२ मा ३५ हजार १३२ हेक्टरमा ४० हजार ९३७ मेट्रिक टन उत्पादन भएको छ।
त्यस्तै तेलहन बालीको उत्पादन र खेतीको क्षेत्रफल दुवै घटेको छ। खेतीको क्षेत्र ३।७६ प्रतिशत हेक्टर घट्दा २ दशमलव ९९ प्रतिशत मेट्रिक टन उत्पादन घटेको निर्देशनालयले जनाएको छ। त्यस्तै कोदोको उत्पादन र खेतीको क्षेत्रफल पनि घटेको छ।
निर्देशनालयले धान र सुन्तला जातको फलफूलको उत्पादन भने बढेको बताएको छ। त्यस्तै फापरको उत्पादन पनि ०।३१ प्रतिशत वृद्धि भएको उल्लेख गरिएको छ। मकै आर्थिक वर्ष २०८१र०८२ मा ०।५० प्रतिशत मेट्रिकटनले बढेको निर्देशनालयले जनाएको छ।
समग्र उत्पादनलाई आधार मान्दा १४ जिल्लामा खाद्यान्नको वासलात आर्थिक वर्ष २०८०र०८१ मा ६ लाख ९७ हजार ३५५ मेट्रिक टन उत्पादन भएकोमा आर्थिक वर्ष २०८१र०८२ मा ७ लाख ४ हजार ७९० मेट्रिक टन उत्पादन हुँदा यसमा १।०६ प्रतिशतले वृद्धि भएको दाबी सरकारको छ ।
वार्षिक प्रगति समीक्षामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना अन्तर्गत बागवानी क्षेत्रको विकास, कृषक सशक्तीकरण, सहकारी सहजीकरण तथा यान्त्रिक उपकरणहरू उपलब्ध गराउँदै पहाडी भेगको कृषि प्रणालीमा उल्लेखनीय सुधारको प्रयास थालेको जनाएको छ।
प्रदेश कृषि विकास निर्देशनालयको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा कार्यक्रममा कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले पारदर्शी ढंगबाट काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए। उनले मन्त्रालय र मातहत कार्यालयका कर्मचारीलाई पारदर्शी र बेरुजु नहुने ढंगबाट काम गर्न निर्देशन दिएका हुन्।
कतिपय कार्यालयले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरेकाले बेरुजु देखिएको बताउँदै आफ्नो अधिकारभित्र रहेर काम गर्न र पुराना बेरुजु घटाउन पनि उनले आग्रह गरे।
किसानको खेतमै पुगेर उनीहरूको समस्या पहिचान र समाधानका उपाय खोज्न पनि मन्त्री हाङगामले कर्मचारीहरूलाई निर्देशन दिए।
उनले भने, ‘अहिले किसानहरूले मल नपाइरहेको गुनासो बढेको छ, प्रशस्त मल उपलब्ध हुँदा पनि वितरण प्रणाली फितलो भएकाले किसानको खेतमा मल पुगेको छैन। मल वितरण प्रणालीलाई सहज बनाउन र वितरण प्रणाली सुधार गरेर जान हामी सबै लाग्नुपर्छ।’







प्रतिक्रिया दिनुहोस्