ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए यूकेमा पुडासैनीको नेतृत्वमा नयाँ टिम


abc news

काठमाडौ १२ साउन । एनआरएनए यूकेमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अनलाइन निर्वाचनबाट राजेन्द्र पुडासैनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

नवनिर्वाचित १२औं कार्यसमितिले आइतबार शपथग्रहण तथा पदभार ग्रहण गरेको छ ।

अनलाइन निर्वाचनबाट चुनिएका अध्यक्षसहित खुला उपाध्यक्ष, उपाध्यक्ष ९स्कटल्यान्ड०, महासचिव, सचिव, आईसीसी सदस्य र इङ्ग्ल्यान्ड राज्य परिषद अध्यक्षसहित जम्मा ७ पद तथा यसअघि नै निर्विरोध सिंगो कार्यसमितिको शपथग्रहण गराइएको हो ।

निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई शपथग्रहण गराएका थिए ।

पुडासैनी नेतृत्वको नवनिर्वाचित कार्यसमितिको खुला उपाध्यक्षमा डा। रक्षा थापा र उज्ज्वल कार्की तथा स्कटल्यान्ड क्षेत्रबाट रामप्रसाद कँडेल, वेल्स क्षेत्रबाट कृष्ण भण्डारी एवं नर्दन आयरल्यान्ड क्षेत्रबाट लिलाराम निउरे उपाध्यक्ष बनेका छन् । महिला उपाध्यक्ष कमला श्रेष्ठ र महासचिवमा दिवाकार पाण्डे निर्वाचित भए ।

सचिवमा डिएन खराल र कृष्ण देवकोटा, महिला सचिवमा छमकला न्यौपाने पोखरेल, कोषाध्यक्षमा सरोज थापा, सहकोषाध्यक्ष दीपक तिमल्सिना, महिला संयोजकमा बिनु लामिछाने र युवा संयोजकमा वासुदेव पोखरेल निर्वाचित भएका छन् ।

त्यसैगरी, कार्यसमिति सदस्यमा लोकनाथ अधिकारी, गोपीप्रसाद सापकोटा, दीपक गैरे, विष्णुभक्त भट्टराई, दुर्गाप्रसाद काफ्ले, बालकृष्ण भुषाल, दिनेश परियार, मोहन ओली, शिवकान्त खराल, झपेन्द्र सापकोटा र प्रमोद भण्डारी छन्।

बेलायतबाट प्रतिनिधित्व गर्ने आईसीसी सदस्यहरूमा विष्णु खरेल, तुंगभद्र भुषाल र छविलाल अर्याल निर्वाचित भएका छन् ।

राज्य समन्वय परिषदअन्तर्गत इंग्ल्यान्डमा राममाया विष्ट, स्कटल्यान्डमा शेर केसी, वेल्समा विकास रानाभाट र नर्दन आयरल्यान्डमा पूर्णेश्वर कँडेलको नेतृत्वमा कार्यसमिति निर्वाचित भए ।

पुडासैनीले सबैको साझा संस्थाका रुपमा संघलाई रुपान्तरण गर्ने अठोट व्यक्त गरेका छन् । सबैले ‘फिल’ गर्न सक्ने जवाफदेही र एकताबद्ध एनआरएनए यूके बनाउने दाबी गर्दै उनले नकारात्मक रूपमा मात्र प्रस्तुत नहुन समुदायसमक्ष अपिल गरे ।

एनआरएनए यूकेमा प्रेम गाहामगर नेतृत्वको अर्को कार्यसमिति समेत क्रियाशील छ । गाहामगर समूह डा। शेष घले पक्षको मानिन्छ भने पुडासैनी डा। बद्री केसी समूहका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com