ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नारायणी लिफ्टले तानेको पानी पर्याप्त नहुँदा पश्चिम चितवनमा रोपेको धान पनि सुक्न थाल्याे


abc news

काठमाडौ ८ साउन । साउनको पहिलो हप्ता सकिन लाग्दा पनि पर्याप्त वर्षा नहुँदा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्न थालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ ।

धान रोपेर बाली हरियो हुने समय भए पनि पर्याप्त सिँचाइ नपुगेकाले धेरैजसो ठाउँमा रोपाइँमा ढिलाइ भएको छ । खोलानाला र नदीमा पानीको सतह घटेपछि किसान पालो मिलाएर सिँचाइ गर्न बाध्य छन् ।

भरतपुर महानगरपालिका अन्तर्गत पश्चिम चितवनका क्षेत्र नारायणी लिफ्ट सिँचाइ प्रणालीमा निर्भर छन् । खगेरी खोलामा पानी सुक्न थालेपछि नारायणी लिफ्टको पानी खगेरीको नहरमा हालेर सिँचाइ गर्नुपर्ने अवस्था आएको छ ।

नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले अहिले पश्चिम चितवनका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराइरहेको छ । कार्यालयका प्रमुख कुलराज चालिसेले खडेरीका कारण किसानको माग अनुसार २४ घण्टा नहरमार्फत पानी छोडिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘’पानी परेको भए सिँचाइको माग घट्थ्यो तर खडेरीका कारण नहर नियमित सञ्चालन गर्नुपरेको छ । नदीमा बेलाबेलामा लेदो आउँदा पम्पमा समस्या आउने गरे पनि सिँचाइ सेवा निरन्तर छ ।

नारायणी लिफ्टमार्फत चार हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको छ । यस क्षेत्रमा ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । खगेरी सिँचाइले तीन हजार ९०० हेक्टर क्षेत्रमा सेवा पुर्‍याउँदै आएको छ ।

‘’सारदानगर, शिवनगर, पार्वतीपुर, जयनगरलगायतका क्षेत्रमा रोपाइँमा समस्या देखिएको छ, प्रमुख चालिसेले भन्नुभयो, खडेरीका कारण खगेरी सिँचाइ अन्तर्गत अहिलेसम्म ७० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।

गएको असार १० गतेदेखि नारायणी लिफ्टबाट सिँचाइका लागि पानी छोडिँदै आएको हो । भूमिगत सिँचाइसँग संयोजन गर्दै सतह सिँचाइ गरिएको किसानका लागि उपयोगी देखिएको उहाँको भनाइ छ ।

नारायणी लिफ्टमा तीन वटा क्यानाल छन् । ‘ए’ क्यानाल ९५ सय मिटर०, ‘बी’ क्यानाल ९१९ किमी०, र ‘सी’ क्यानाल ९१६।५ किमी० रहेको छ । ‘बी’ नहर यज्ञपुरी, नारायणपुर, तोरीखेत हुँदै फूलबारीसम्म पुग्छ भने ‘सी’ नहर बसेनी, गोन्द्राङ, बन्देवी, काँडाघारी, गौरीगञ्ज क्षेत्रको सिँचाइमा प्रयोग हुँदै आएको छ । खगेरी खोलाबाट देवनगर, गीतानगर, पार्वतीपुरलगायतका क्षेत्रमा सिँचाइ हुँदै आएको छ ।

भरतपुर–१ मा रहेको जोरकुसुम उद्यान नजिकै नारायणी नदीबाट पानी तानेर मुख्य नहरमार्फत सिँचाइ गरिन्छ । अहिले रत्ननगरमा रहेको खगेरी खोलाबाट बीसहजारी ताल हुँदै आउने खगेरी सिँचाइ आयोजनामा पानी सुक्दै गएको छ । त्यसपछि राधापुरदेखि नारायणी लिफ्टको पानी खगेरीमा मिसाएर मङ्गलवारदेखि कमान्ड क्षेत्रमा पठाउन थालिएको हो ।

पश्चिम चितवनका किसान एवम् खगेरी सिँचाइ आयोजनाका उपाध्यक्ष खिलराज रेग्मीले खडेरीका कारण आकाशे पानी कुरेर धान रोप्नुपर्ने बाध्यता आएको बताउनुभयो । ‘’खोलामा पानी सुक्यो । खडेरीका कारण धान रोप्न पाइएन, रेग्मीले भन्नुभयो, नारायणी लिफ्टको पानी आएपछि केही राहत मिलेको छ तर नहरमा पनि पानीको मात्रा पर्याप्त छैन ।

नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले पनि समितिको निर्णय अनुसार खगेरीमा पानी पठाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘’सतह सिँचाइको क्षेत्रमा खडेरीका कारण रोपिएका रोपो समेत सुक्न थालेका छन् ।

चितवनमा अहिलेसम्म ८७।६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार धेरैजसो पालिकामा रोपाइँ सकिए पनि भरतपुर महानगरको पश्चिम क्षेत्रमा अझै बाँकी रहेको छ । खडेरीको असरले कतिपय ठाउँमा रोपिएका धानसमेत सुक्न थालेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख विश्वबन्धु केसीका अनुसार भूमिगत सिँचाइले धान रोपाइँमा राहत दिएको छ । तर अहिले ट्युबवेल सञ्चालनका लागि दिउँसो आवश्यक पर्ने विद्युत् भोल्टेज नपुग्ने समस्या देखिएको छ, यसका कारण किसान रातिको समयमा मात्र सिँचाइ गर्न बाध्य भएका छन् ।

उहाँका अनुसार सतह सिँचाइका नहरमार्फत बग्ने पानीले भूमिगत जलस्रोत पुनः भरिने रिचार्ज हुने० भएकाले सतह सिँचाइको प्रभाव भूमिगत सिँचाइमा पनि देखिएको छ । यस संयोजनात्मक सिँचाइ पद्धतिले खडेरीका बेलामा राहत पुर्‍याएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com