ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक र कानुनी प्रतिवाद गर्ने तयारीमा विद्या


abc news

काठमाडौं, ७ साउन । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन प्रतिबन्ध लगाएसँगै उनले नवीकरण गरेको भनिएको पार्टी सदस्यता रद्द भएको छ ।

राज्यको सर्वोच्च पद ९राष्ट्रपति० बनिसकेको व्यक्तिलाई राजनीतिमा फर्काएर पार्टी कार्यकर्तामा सीमित गर्दा संविधानको मर्म र भावनाको अपमान हुने तर्क गर्दै एमालेले विद्यालाई राजनीतिमा सक्रिय हुनबाट रोकेको हो ।

संविधानका धारा उपधाराहरु उल्लेख गर्दै निर्णयमा भनिएको छ, ‘मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन‘।’

यदि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आए ‘जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर’ केन्द्रीय कमिटीले गरेको छ ।

मंगलबार मध्यरात सकिएको केन्द्रीय कमिटी बैठकको यो निर्णयमा उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत राखेका छन् । उनीहरुले यसलाई राजनीति गर्न पाउने नैसर्गिक अधिकारलाई रोक्न खोजेको र जनताको बहुदलीय जनवाद ९जबज०को विरुद्ध पनि भएको भन्दै असहमति जनाएका हुन् ।
बुधबार बिहान अनलाइनखबरसँग कुरा गर्दै स्थायी समिति सदस्य थापाले यो निर्णयको राजनीतिक रुपमा प्रतिवाद गर्ने बताए । उनले भने, ‘जे निर्णय भएको छ, शतप्रतिशत गलत भएको छ । हामी त्यसको राजनीतिक रुपमा प्रतिवाद गर्छौं ।’

प्रक्रियाको हिसाबले पनि अमिल्दो निर्णय भएको थापाको भनाइ छ । कुनै पनि निर्णय गर्नुछ भने पहिले बैठकको एजेण्डाको रुपमा पहिले प्रस्ताव आउनुपर्छ । तर विद्याको पार्टी सदस्यता सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत नभएको उनको भनाइ छ । ‘जुन विषय नै एजेण्डामा छैन, प्रस्तावमा आएको छैन, त्यही विषयमा निर्णय गर्‍यौं भन्नु नै गलत भयो,’ थापा भन्छन्, ‘यदि निर्णय नै गर्नुपर्ने भए प्रक्रियामा लैजानुपर्थ्यो ।’

तर हाल प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई पार्टी अध्यक्षको पदमा रहीरहन मन लागेको आधारमा लहडका भरमा यति ठूलो निर्णय गरिएको बताउँदै थापाले प्रश्न गरे, ‘लामो समयसम्म संघर्ष गरेर स्थापित गरेको विधानमा भएको व्यवस्था हटाएर विधान विपरीतको निर्णय गर्न मिल्छ रु’

‘यो कानुनी रुपमा पनि प्रतिवाद गर्नुपर्ने विषय हो’

एमालेले संविधानका धारा–उपधाराहरु उल्लेख गर्दै पूर्वराष्ट्रपति राजनीतिमा आउन नमिल्ने तर्क गरे पनि विद्या निकट नेताहरु भने राजनीतिमा आउनबाट रोक्नु संवैधानिक अधिकारकैविरुद्ध भएको बताउँछन् । त्यसैले केही नेताहरु यसविरुद्ध कानुनी रुपमा समेत प्रतिवाद गर्नुपर्ने पक्षमा छन् ।

पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउनबाट रोक्ने निर्णय जनताको बहुदलीय जनवाद र संविधानप्रदत्त नैसर्गिक अधिकारविरुद्ध भएको तर्क गर्दै एक नेताले भने, ‘संविधान कानुन बमोजिम दर्ता भएर सञ्चालन भएको पार्टीले संविधान, कानुन विरुद्धका निर्णयहरु गर्न मिल्दैन । त्यसैले यो कानुनी रुपमा पनि प्रतिवाद गर्नुपर्ने विषय हो ।’

नेपालको संविधानको धारा १७ मा व्यवस्था गरिएको संगठन खोल्न पाउने र सामेल हुन पाउने स्वतन्त्रतालाई कानुनी रूपमा कार्यान्वयन गर्न राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३ मा व्यवस्था गरिएको छ । सो दफामा ‘प्रत्येक नागरिकलाई शान्तिपूर्ण, लोकतान्त्रिक र जिम्मेवार तरिकाबाट काम गर्ने गरी राजनीतिक दल खोल्न वा कुनै राजनीतिक दलमा आवद्ध हुन पाउने अधिकार हुनेछ,’ भन्ने उल्लेख छ ।

पूर्वराष्ट्रपति भण्डारीले पनि एमाले केन्द्रीय कमिटी बैठकबाट आफूलाई पार्टी राजनीति गर्न रोक लगाउने निर्णय सार्वजनिक हुने संकेत पाउनासाथ निजी निवासमा पत्रकारहरु भेला गरेर चुप लागेर नबस्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘माझकिराँतकी छोरी हुँ । खुट्टा कमाउँदिनँ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com