काठमाडौं, ७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामालाई राजद्रोहको आरोप लगाएका छन् ।
मंगलबार ९स्थानीय समय० ह्वाइट हाउसको ओभल अफिसमा ओबामाबारे ‘कन्सपिरेसी थ्यौरी’ अगाडि सार्दै उनलाई २०१६ को राष्ट्रपति निर्वाचनमा हेरफेर र रुसी हस्तक्षेप सम्बन्धी अनुसन्धानलाई लिएर ट्रम्पले राजद्रोहको आरोप लगाएका हुन् ।
“उनीहरूले निर्वाचन हेरफेर गर्न खोजे र उनीहरू पक्राउ परे । र, त्यसको लागि धेरै गम्भीर परिणामहरू हुनुपर्छ,” ट्रम्पले मंगलबार पत्रकारहरूसँग भने ।
ओबामाका एक प्रवक्ताले प्याट्रिक रोडेनबुसले ट्रम्प प्रशासनको दाबीको खण्डन गरेका छन् । प्रवक्ताले ट्रम्प प्रशासनबाट आउने सबै बकवासहरूको जवाफ दिइरहनु नपर्ने भन्दै पछिल्लो दाबी उत्तेजक भएकाले यसले भने जवाफको हक राख्ने बताएका छन् ।
“यी विचित्र आरोपहरू हास्यास्पद छन् र विचलनको कमजोर प्रयास हो,” प्रवक्ताको भनाइ थियो ।
ट्रम्पको यो टिप्पणी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्डले ओबामा प्रशासनलाई धम्की दिँदै न्याय विभागमा आपराधिक रेफरल पेस गरेपछि आएको हो ।
उपन्यायाधिवक्ता टोड ब्लान्चले २०२२ मा यौन अपराधीको दोषी ठहरिएका यौन अपराधी जेफ्री एप्स्टाइनकी सहयोगी घिस्लेन म्याक्सवेलसँग भेट गरेको बारे सोध्दा ट्रम्पले ओबामामाथि आक्रमण गर्दै पूर्वराष्ट्रपतिलाई ग्यांगको नेता भनेका थिए ।
“यो राजद्रोह थियो । उनीहरूले निर्वाचन कब्जा गर्न खोजे । उनीहरूले निर्वाचनलाई अस्पष्ट गर्न खोजे । उनीहरूले यस्ता कुराहरू गरे जुन कसैले अन्य देशहरूमा पनि कल्पना गरेको छैन,” ट्रम्पले मंगलबार ओभल कार्यालयमा भने ।
ओबामाका प्रवक्ताले भने, “गत हप्ता जारी गरिएको कुनै पनि दस्तावेजले रूसले २०१६ को राष्ट्रपति निर्वाचनलाई प्रभावित गर्न काम गरेको थियो भन्ने स्वीकारिएको निष्कर्षलाई खण्डन गर्दैन । तर, कुनै पनि भोट हेरफेर गर्न सकेन ।”
यी निष्कर्षहरू २०२० मा द्विपक्षीय सिनेट गुप्तचर समितिको प्रतिवेदनमा पुष्टि भएको उनले बताएका छन् । उनले भनेका छन्, “जसको नेतृत्व तत्कालीन अध्यक्ष मार्को रुबियोले गरेका थिए ।”







प्रतिक्रिया दिनुहोस्