ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरोही धमाधम हिमालतिर, १५ समूहले सगरमाथा आरोहण गर्दै


admin

काठमाडौँ, २० चैत । हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् ।

सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो संख्यामा आरोही हिमालतिर लागेका हुन् ।

पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि सोमबारसम्म ३४ वटा आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमति प्राप्त गरेका छन् । यीमध्ये १५ वटा सगरमाथा आरोहण समूह छन् । आरोहणका लागि अनुमति लिनेको अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता हुने विभागको अनुमान छ ।

आरोहणका लागि सम्पर्क अधिकृत पनि खटाइसकिएको विभागले जनाएको छ । छ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले आरोही धमाधम गन्तव्यतर्फ जान थालेको बताउनुभयो ।

हिमाल आरोहणलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन विभागले यसवर्षदेखि कडाइ गरेको उहाँको भनाइ छ ।

आरोहीहरु हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखिमात्र आरोहण शुरु हुने जनाइएको छ । कतिपय आरोहण समूह आउन अझै केही दिन लाग्ने भएको छ ।

विभागबाट अनुमति प्राप्त गर्ने दल तथा आरोहीको संख्यात्मक विवरण हेर्दा सन् २०१७ मा ४३ वटा समूहका ३६६ जना र सन् २०१६ मा ३८ वटा समूहका ३१८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

सन् २०१७ मा २९१ समूहका दुई हजार २२६ जना र सन् २०१६ मा २७८ समूहका एक हजार ९३४जना आरोहीले सगरमाथा सहितका हिमाल आरोहण अनुमति लिएका थिए ।

यद्यपि, सन् २०१७ मा कति आरोहीले सगरमाथा चढे भनेर अहिलेसम्म यकिन विवरण आएको छैन । विभागको पर्वतारोहण शाखाका अनुसार आरोहणका केही फाइलमो ‘भेरिफाई’ नभएकाले आरोहीको संख्या यकिन नभएको हो ।

सगरमाथासहितका हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त मानिने र सो अबधिको आरोहणलाई हेर्दा सन् २०१७ मा १०८ समूहका ८३४ जनाले र सन् २०१६ मा ९८ समूहका ७४०जनाले हिमाल आरोहण गरेको देखिन्छ ।

सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति (विदेशी) सँग रु ११ लाख दस्तुर लिन्छ । नेपालीले रु ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् ।

ट्रेकिङ क्याम्प नेपालका सञ्चालक वाङ्चु शेर्पाका अनुसार एक आरोहीले सगरमाथा आरोहणका लागि राजस्वबाहेक रु ३० लाखभन्दा बढी खर्चनुपर्छ । सगरमाथा जाने एक समूहमा सातदेखि बढीमा १५ जनासम्म हुन्छन् ।

सेभेन समिट ट्रेक्स कम्पनीबाट यो याममा पाँच वटा समूहले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् अघिल्लो वर्ष छ वटा समूह थिए । सगरमाथा आरोहणमा जाने धेरैजसो चिनियाँ र युरोपेली मुलुकका आरोही रहेको कम्पनीका व्यवस्थापक निमेष कार्कीले बताउनुभयो ।

आरोहणमा कडाइ 

विगतमा सगरमाथा आरोहणमा फर्जी कागजात पेश गरेकोजस्ता विवादास्पद गतिविधि बढेपछि विभागले सगरमाथा सहितका हिमाल आरोहणलाई व्यवस्थित, मर्यादित, सुरक्षित र जिम्मेबार बनाउन यसवर्षदेखि कडाइ गर्ने भएको छ ।

पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार पर्वतारोहणलाई मर्यादित बनाउन विभागका महानिर्देशक भट्टराईले आफैँ जानकारी गराउन थाल्नु भएको छ । पहिला विभागका उपसचिवबाट यस्तो जानकारी गराइन्थ्यो । महानिर्देशक भट्टराईले आरोहणलाई थप व्यवस्थित र जिम्मेवार बनाउन यो पटकदेखि आफैँले जानकारी गराउन थालेको बताउनुभयो ।

समाचारका लागि विभागको अनुमति 

सगरमाथासहितका हिमाल आरोहणसम्बन्धी समाचार पनि विभागको अनुमतिबेगर प्रकाशन र प्रसारण गर्न नपाइने भएको छ । विगतमा आरोही दलका सदस्य तथा आरोही पथप्रदर्शकले आफैँ सञ्चार माध्यमलाई अनर्गलरूपले जानकारी गराउँदा विकृति आएकाले यो यामदेखि पहिला विभागमा जानकारी गराउनुपर्ने र विभागको अनुमतिपछि मात्र सञ्चारमाध्यमलाई जानकारी गराउन बाटो खुल्ला गरेको हो ।

सम्पर्क अधिकृतसँगै नजाने र एजेन्सीबीच समन्वय नहुने प्रवृत्ति बढेको भन्दै विभागले यस्तो गरेको पाइए कडा कारवाही गरिने जनाएको छ । आरोहणमा जाँदा ड्रोन क्यामरा प्रयोगमा कडाइ गर्नुका साथै आरोहणमा जानेले प्रतिआरोही कम्तीमा छ वटा अक्सिजन सिलिन्डर लैजानुपर्ने व्यवस्था गरिएको छ ।

फोहर व्यस्थापन र सगरमाथाको चुचुरोमा लैजाने झण्डालाई कडाइ गरिएको छ । हेलिकोप्टरको प्रयोग उद्धारमा मात्र गरिनुपर्ने र क्याम्पको नजिक अवतरण गर्न नदिन एजेन्सीलाई जिम्मेवार बनाइनेछ । उल्लिखित काममा अटेर गरेमा आरोहण प्रमाणपत्र जारी नहुने, आरोहीले राखेको फोहर धरौटी फिर्ता नहुने तथा आरोहण राजस्वको दोब्बर रकम तिर्नुपर्ने र जरिवानासहित नेपालमा आउन पाँचदेखि १० वर्ष प्रतिबन्ध लगाइने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com