काठमाडौ ६ साउन । झापाको हल्दीबारी गाउँपालिका(४, ओली चौकमा मंगलबार बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका चार जना घाइते भएका छन्।
बिहान करिब ८स्४० बजे ६० वर्षीय पुण्य प्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भएर अचानक आगो सल्किएको हो।
आगो निभाउने क्रममा घरका चार सदस्य घाइते भएको प्रहरीले जानकारी दिएको छ।
आगोले पोलेर घरमूली पुण्यप्रसाद ओली, उनका ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया बुहारी अनिता ओली र २० वर्षीय कान्छा छोरा आर्यन ओली घाइते भएका हुन्।
सुरुमा ओमसाई पाथीभारा अस्पताल भद्रपुर लगिएका उनीहरूलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ।
घरको भान्सा कोठामा आंशिक क्षति पुगेको छ।
कञ्चनश्री प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो बिहान करिब ९स्१५ बजे नियन्त्रणमा लिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्