ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दूधकोसी थुनियो, बन्यो १ किलोमिटर लामो ताल


abc news
श्रावण ४, २०८२ आईतबार  ५ : १६ बजे

काठमाडौं, ४ साउन । । सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–२ र ४ जोड्ने दूधकोसी नदीमा निर्माणाधीन पक्की पुल सिखु खोलाबाट आएको गेग्र्यानयुक्त बाढीले पुरिँदा नदी थुनिएको छ । यसले करिब एक किलोमिटर दुरी लामो ताल बनेको छ। कोसी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सोलुखुम्बुबाट खोटाङ जोड्ने काङेल बात्तिम–वादे जुबु सडक खण्डमा निर्माण भइरहेको पुल सिखु खोलाको बाढीका कारण पुरिएको हो। पूर्व प्रदेशसभा सदस्य उत्तम बस्नेतका अनुसार सिखु खोलाको लेदो र ढुंगामाटोसहितको बाढीले पुलको एक स्पानको अधिकांश भाग पुरिएको छ, जसले गर्दा दूधकोसी नदीको बहाव अवरुद्ध भएको हो।उनका अनुसार केही दिनअघि नै पुलको आधा भाग बाढीले पुरिसकेको थियो भने गएराति पुनः आएको बाढीले पुल थप क्षतिग्रस्त बनाएको छ।
पुलको पिलरहरू समेत प्रभावित भएका छन् । यता, प्रमुख जिल्ला अधिकारी अ‍नोज कुमार घिमिरेले बाढीका कारण दूधकोसी थुनिएको भए पनि स्थानीय तहको सहयोगमा पानीको बहाव खुलाइएको र अहिले अवस्था सामान्य रहेको बताएका छन्। उनले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको जानकारी दिए।वडा नम्बर २ का वडाध्यक्ष युजन बस्नेतले दुधकोसी नदीमा एक किलोमिटरभन्दा लामो क्षेत्रमा पानी जमेको छ। सिखु खोलाबाट आएको बाढीले नदीको बहाव अवरुद्ध बनाउँदै दूधकोसी थुनिएको हो।
उनका अनुसार असार २६ गते परेको अविरल वर्षापछि सिखु खोलाबाट आएको गेग्रानसहितको बाढीले नदी किनारमा रहेको ठूल्ठूला ढुंगासहितको बालुवा थुपारेर नदीको बहाव अवरुद्ध बनाएको हो। सुरुमा २००–३०० मिटर क्षेत्रफलमा मात्रै पानी जमेको भए पनि पछिल्ला दिनमा पानीको सतह बढ्दै जाँदा अहिले एक किलोमिटर लामो क्षेत्रमा पानी जमेको अध्यक्ष बस्नेतले बताए।

बाढीले नदी किनारको खेतबारीमा भने केही क्षति पुर्‍याएको छ, उनले भने, ञयद्यपि बस्ती नजिक नभएकोले तत्काल ठूलो मानवीय क्षतिको सम्भावना भने छैन।

त्यही क्षेत्रमा अवस्थित ८६ मेगावाटको जलविद्युत् आयोजनाको पावर हाउस जोखिममा छ।

प्रमुख जिल्ला अधिकारी फिल्डमा नआएको तर प्रारम्भिक सूचनाका आधारमा फिल्डमा समस्या नरहेको बताएका छन्। यद्यपि स्थानीयले भने स्थिति स्थलगत अवलोकन गरी जोखिमको वास्तविक मूल्यांकन गर्न आग्रह गरेका छन्।

नदी ताल जस्तो अवस्थामा देखिएको र पुल पुरिएर नदी बाँधझैँ बनेको बताए। वडा नम्बर ४ तर्फ पहिरो खसेको क्षेत्रबाट दूधकोसी पूर्ण रूपमा थुनिन सक्ने खतरा अझै कायमै छ। घटनाबारे सम्बन्धित निकायहरूलाई जानकारी गराइसकेको पनि बस्नेतले बताए।

‘पुल पुरिएर पानीको सतहमाथि उठेको छ, पानी पुलमाथिबाटै बगिरहेको छ। रातिको समयमा त नदी पूर्ण रूपमा थुनिएको अवस्था थियो,’ उनले भने, ‘पुलको पिलरहरू बांगिएर अब पुनर्निर्माणसमेत चुनौतीपूर्ण देखिन्छ।’

दूधकोसी नदीको सतहमाथि उठेपछि ८६ मेगावाट क्षमताको सोलुखोला–दूधकोसी जलविद्युत् आयोजनाको पावरहाउससमेत जोखिममा परेको जनाइएको छ।

प्रदेश सरकारको १५ करोड रुपैयाँभन्दा बढीको लागतमा २०७६ सालदेखि निर्माण सुरु भएको पुल बजेट अभावका कारण लामो समयदेखि अधुरै अवस्थामा थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com