काठमाडौ ४ साउन । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकका अनुसार ४२ दिनका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त रकम खिच्न लागिएको हो।
निक्षेप संकलन उपकरणद्वारा तान्न लागिएको रकमको सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ १५ गते गरिनेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल लगाउन सक्नेछन्।
बोलकबोलमा अनलाइन बिडिङ प्रणाली सफ्टवेयरबाट आज अपराह्न ३ बजेसम्म सहभागी हुन सकिनेछ।







प्रतिक्रिया दिनुहोस्