ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट अवैधरुपमा ल्याइएको आठ टन कुखुराको मासु नियन्त्रणमा


admin

चितवन, १९ चैत। भारतबाट अवैधरुपमा ल्याइँदै गरेको आठ टन कुखुराको मासु नियन्त्रणमा लिइएको छ ।

युपी ७० बिटी १७७६ नंको ट्रकमा भन्सार र क्वारेन्टाइन छली ल्याइएको कुखुराको मासु भरतपुर महानगरपालिका वडा नं १ बाट गएराति नियन्त्रणमा लिइएको हो ।

गगन सप्लायर्सको नाममा नक्कली क्वारेन्टाइन बनाइ भैरहवा क्वारेन्टाइनबाट काठमाडौँ लाँदै गरेको कुखुराको मासु चितवनका कुखुरापालक किसानले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय चितवनलाई बुझाएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिगको सहयोगमा व्यवसायीले मासु नियन्त्रणमा लिएको जनाएको छ । कुखुराको मासुसँगै माछा, केराउलगायतका खाद्यान्न पनि रहेको प्रहरीले जनाएको छ ।

नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टीका पोख्रेलले पशु क्वारेन्टाइनबाट परीक्षण हुनुपर्नेमा प्लान्ट क्वारेन्टाइन कार्यालयबाट परीक्षण गरी मिलेमतोमा अवैधरुपमा मासु भित्र्याइएको बताउनु्भयो ।

प्लान्ट क्वारेन्टाइन बेलहियाको चलानी नं १५८८६ को पत्रअनुसार क्वारेन्टाइनले जाँचपास गराएको पाइएको छ ।

भारतमा पछिल्लो समयमा कुखुरामा वर्डफ्लु देखिएको छ । वड्फ्लु देखिएसँगै भारतमा उत्पादित कुखुराजन्य पदार्थ नेपाल भित्र्याउन नपाउने व्यवस्था छ ।

नेपाल कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष हरि लोहनीले आइतबार साँझ अवैधरुपमा मासु ल्याएको खबर पाएपछि व्यवसायीले निगरानी गरेर नियन्त्रणमा लिन सफल भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले यस विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।

अवैधरुपमा नेपाल भित्रिएको भेटिए नियन्त्रणमा लिइएको मासु नष्ट गर्ने र कानूनअनुसार पशु सेवा कार्यालयले कारबाही गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com