ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागढुङ्गा–मुग्लिन सडक खण्डमा निर्माणदेखि पहिरो रोकथामको काम चल्दै


abc news

काठमाडौ ३ साउन । नागढुङ्गा–मुग्लिन सडक खण्डमा निर्माणदेखि पहिरो रोकथामको काम भइरहेको छ ।

नागढुङ्गा–नैबिसेको पहिलो प्याकेजअन्तर्गत चिनियाँ कम्पनी जियाङ्सु र नेपाली साझेदार कम्पनी सगुनले काम गरिरहेको छ ।

यो सडक खण्डमा कालोपत्रेको काम सकिएको निर्माण व्यवसायी ज्ञानेन्द्र घिमिरे बताउनुभयो । उहाँका अनुसार झ्याप्ले खोलामा सडक निर्माणसँगै पहिरो रोकथामको काम चलिरहेको छ ।

एक वर्षअघि झ्याप्ले खोलामा पहिरोले जनधनको क्षति गरेको थियो । असोजमा गएको पहिरोले ३५ जनाको ज्यान लिएको थियो ।

निर्माण व्यवसायी घिमिरेका अनुसार लेदोसहितको पहिरोको कारणबारे पनि अध्ययन भइरहेको छ । सडक भन्दा माथिको प्लटिङले गर्दा पहिरो आएको प्रारम्भिक अनुमान छ ।

अहिले भित्तामा ‘ग्याबिन’ लगाइएको छ । प्लटिङ भएको भाग आसपासका भित्तामा बाँस रोप्नेदेखि अत्याधुनिक तवरले भित्तालाई आरसीसी ढलान गरिँदैछ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना पूर्वी खण्ड आयोजना प्रमुख केशवप्रसाद ओझाका अनुसार दुई वटा प्याकेजमध्ये एउटा प्याकेज नागढुङ्गा–नैबिसे खण्डसम्म र अर्को नैबिसे–मलेखु खण्डसम्ममा झन्डै ५५ किलोमिटरमध्ये २७ किलोमिटरमा पहिलो तहको कालोपत्रे सम्पन्न भएको छ ।

त्यसैमा १५ वटा पुलमध्ये आठ वटा पुलबाट गाडी नै चल्न शुरू गरेका छन् । निमार्ण तथा पुललगायतको काम भइरहेको र अर्को बर्खामा यात्रुले सास्ती खेप्नुनपर्ने उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com