काठमाडौ ३ साउन । काभ्रेमा ब्रेक नलागेर यात्रुवाहक बस भित्तामा ठोक्किँदा २३ जना घाइते भएका छन् । दिउँसो काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८ पौवामा यात्रुवाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कमल शाहले जानकारी दिनुभयो ।
रामेछापको डोरखानीबाट काठमाण्डौका लागि छुटेको बा ३ ख ८४०८ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई दुर्घटना भएको उहाँले बताउनुभयो । बसमा सवार ३२ जनामध्ये २३ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।







प्रतिक्रिया दिनुहोस्