ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमा विधान बहस: महासचिव शंकर पोखरेललाई वरिष्ठ उपाध्यक्ष ईश्वरको ‘काउन्टर’


abc news

काठमाडौ २ साउन । नेकपा एमाले का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानको संशोधन मस्यौदा माथि गम्भीरताका साथ बहसमा भाग लिन पोलिटब्युरो सदस्यहरूलाई आग्रह गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले पोलिटब्युरो सदस्यलाई बहसमा भाग लिने भनेका हुन्।

‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन ९मस्यौदा० माथि सचिवालयको बैठकमा गम्भीरताकासाथ छलफल गरियो। आज पोलिटब्युरो सदस्यहरूका बीचमा छलफल हुनेछ। पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्‍याउनु हुनेछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले सामाजिक सञ्जालमार्फत् महासचिव शंकर पोखरेललाई लक्ष्य गर्दै जबाफ दिएका हुन्।

शुक्रबार बिहानै महासचिव पोखरेलले एमालेमा नीति, विधि र नेतृत्वको टुंगो लागिसकेको बताएका थिए। र, सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यससम्बन्धी बहस सकिएको आसय व्यक्त गरेका थिए।

महासचिव पोखरेलले पार्टीमा विधि निर्माणको अन्योल अन्त्य भएको बताएका हुन्।

विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्न बस्न लागेको पोलिटब्युरो बैठकअगाडि उनले विधि निर्माणको प्रश्न हल भएको बताएका थिए।

‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन २०८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ,’ महासचिव पोखरेलले भनेका छन्।

एमालेको पोलिटब्युरोको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ।

बिहीबार बसेको सचिवालय बैठकले ७० वर्षे उमेरहद, कार्यकाल हटाउने, पदाधिकारीको संख्या १५ कायम गर्ने, केन्द्रीय कमिटीको संख्या २५१ सदस्यीय रहने प्रस्ताव सहमतिले पारित गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com