ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराष्ट्रपति भण्डारीले शेखरसँग भनिन्- म राजनीतिमै फर्किएँ, तपाईंहरूको नैतिक समर्थन चाहियो


abc news

काठमाडौ २ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हिजोआज नेताहरूसँगको भेटवार्तालाई तीव्रता दिएका छन्।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल लाई भेटेको भोलिपल्टै कोइराला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका हुन्।

प्रचण्ड र कोइरालाबीच बिहीबार दिउँसो करिब डेढ घन्टा कुराकानी भएको थियो।

शुक्रबार बिहान कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनकै निवास भंगाल पुगे। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा एक घन्टा कुराकानी भएको छ।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार नेता कोइराला र पूर्वराष्ट्रपति भण्डारीबीच शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म कुराकानी भएको हो।

‘समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा उहाँहरूबीच एक घन्टा कुराकानी भएको हो,’ उनले भने।

उक्त भेटवार्तामा पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा फर्केको विषय उप्काएकी थिइन्।

‘म सक्रिय राजनीतिमा फर्किएँ,’ भण्डारीको भनाइ थियो, ‘तपाईंहरूको पनि नैतिक समर्थन चाहियो।’

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्केको विषयमा सभापति शेरबहादुर देउवालगायतले असन्तुष्टि जनाएका थिए।

असार १६ गतेदेखि २३ गतेसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकमा अधिकांश नेताहरूले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन नहुने विषय राखेका थिए भने पार्टीले नै संस्थागत निर्णय लिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए।

तर कांग्रेसले यसबारे लिखित निर्णय गरेन। तर सभापति देउवासहित नेताहरूले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा पुगेर पूर्वराष्ट्रपतिलाई एमालेको राजनीतिमा फर्कन दिएको विषयमा कुरा राखेका थिए।

नेपाली सेनाको परमाधिपति भइसकेको मानिस पार्टी विशेषको राजनीतिमा फर्कन हुन्न भन्ने कुरा सभापति देउवाले एमाले अध्यक्ष ओलीसँग राखेका थिए।

एमालेको बिहीबार राति अबेरसम्म बसेको सचिवालय बैठकमा पनि पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन हुन्छ कि हुन्न भन्ने विषयले प्रवेश पाएको छ। आजदेखि एमालेको पोलिट्ब्युरो बैठक बस्दैछ, उक्त बैठकमा पनि यसबारे कुरा उठ्ने सम्भावना छ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेको संगठित सदस्यता नवीकरण गरेपछि त्यसले एमालेभित्र बहस निम्त्याएको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कन हुने वा नहुने विषयमा पार्टीले छिट्टै निर्णय लिने बताउँदै भण्डारीलाई एमाले अध्यक्ष हस्तान्तरण गर्ने अवस्था नरहेको धारणा सार्वजनिक गरिसकेका छन्।

यस्तो अवस्थामा पूर्वराष्ट्रपति भण्डारीले कांग्रेस नेता कोइरालासँग भेटेर सक्रिय राजनीतिमा फर्केको विषयलाई नैतिक रूपमा समर्थन गरिदिन आग्रह गरेको देखिन्छ।

‘म पनि राजनीतिमै फर्किएँ, तपाईंहरूको नैतिक समर्थन पनि चाहियो, देशलाई केही गरूँ,’ भण्डारीले कोइरालालाई भनेकी छन्।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्केको विषयमा कोइरालाले भने खासै प्रतिक्रिया दिएनन्।

तर उनले भ्रष्टाचारका विरूद्ध आवाज उठाउनुपर्नेमा भने जोड दिए।

‘मैले सुशासनका पक्षमा बोलिराखेको छु, दिनहुँजसो मन्त्रीजीहरूका अडिओहरू सार्वजनिक भइरहेको अवस्था छ, सुशासन र भ्रष्टाचारविरूद्ध पनि तपाईंले आवाज उठाइदिनुस्,’ कोइरालाले भनेका थिए।

यसअघि बिहीबार अध्यक्ष प्रचण्डसँग पनि कोइरालाले यस्तै विषयमा कुरा राखेका थिए।

‘अध्यक्षज्यू र कोइरालाबीच समसामयिक राजनीतिक घटनाक्रम, संघीय सरकार र मन्त्रीहरूका पछिल्ला अडिओ प्रकरण जस्ता विषयमा कुराकानी भयो,’ भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘सरकारका गतिविधि निराशाजनक छ भन्नेलगायत कुरा उहाँहरूबीच भएको थियो।’

माओवादी अध्यक्ष प्रचण्डले कहिले कांग्रेस त कहिले एमालेको साथमा सत्ता लम्ब्याइरहेको भन्दै कोइरालाले नै सुरूमा कांग्रेस र एमाले मिलेर सरकार बनाउँदै स्थिरता दिनुपर्ने बताएका थिए। यसको अभ्यास स्वरूप कोशीमा कोइरालानिकट केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री नै बनेका थिए।

तर कांग्रेस र एमाले सरकारले पनि जनतामा रहेको निराशा चिर्न नसकेको र सुशासन दिन नसकेको भन्दै कोइरालाले पछिल्लो समय ओली नेतृत्वको संघीय सरकारको आलोचना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com