ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट कार्यान्वयन मार्गदर्शन : वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारितामा जोड


abc news

काठमाडौ २ साउन । अर्थ मन्त्रालयले हिजोदेखि शुरू भएको नयाँ आर्थिक वर्ष २०८२र०८३ को बजेट कार्यान्वयनका लागि विस्तृत मार्गदर्शन सार्वजनिक गरेको छ ।

मार्गदर्शनले बजेट खर्चमा मितव्ययिता, वित्तीय अनुशासन, पारदर्शिता र प्रभावकारितामा विशेष जोड दिएको छ ।

मन्त्रालयले सार्वजनिक निकायहरूलाई बजेट खर्च गर्दा निर्धारित प्रक्रिया र मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

साउन १ गतेदेखि शुरू नहुने कार्यक्रमहरूका लागि अग्रिम बजेट निकासा गर्न सकिने व्यवस्था गरिएको छ ।

मार्गदर्शनमार्फत मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रममा विनियोजित रकम सीमाभित्र रही खर्च गर्नुपर्ने र बजेट अनावश्यक रूपमा होल्ड नगर्न निर्देशन दिएको छ ।

मार्गदर्शनले बजेट रकमान्तर तथा कार्यक्रम संशोधनका विषयमा कडाइ गरेको छ । पूँजीगत खर्च शीर्षकको रकम चालु खर्चमा रकमान्तर गर्न नपाइने र स्रोत सहमति भएका कार्यक्रमहरूमा मात्र रकमान्तर गर्न पाइने प्रावधान राखिएको छ ।

राष्ट्रिय गौरवका आयोजनामा विस्तृत अध्ययन र तयारीविना बजेट हेरफेर गर्न नपाइने व्यवस्था छ ।

आयोजना कार्यान्वयनका लागि पूर्व तयारी, विस्तृत डिजाइन, लागत अनुमान, बोलपत्र मन्त्रालयले मन्त्रालयको पूर्व स्वीकृतिविना कर्मचारी भर्ना तथा ठेक्का सम्झौता गर्न नपाइने र स्वदेशी वस्तुको प्रयोगलाई प्राथमिकता दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन, अनावश्यक खर्च कटौती गर्न र खर्च गर्दा वित्तीय अनुशासन कायम गर्न अर्थ मन्त्रालयको निर्देशन छ ।

समयमै काम सम्पन्न गर्न तथा गुणस्तरमा सम्झौता नगर्न मन्त्रालयले सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com