ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ट्रम्प विश्वको सम्राट होइनन्, अमेरिकी निर्वाचित नेता मात्र हुन्’


abc news

काठमाडौं, २ साउन । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले डोनाल्ड ट्रम्प विश्वको सम्राट नभएर अमेरिकाको एक निर्वाचित नेता मात्रै भएको टिप्पणी गरेका छन् ।

सिल्भाले ट्रम्पको भन्सार कर लगाउने धम्कीको जवाफ दिँदै यस्तो बताएको सीएनएनले जनाएको छ ।

गत हप्ता ट्रम्पले ब्राजिललाई अगस्ट १ देखि ५० प्रतिशत भन्सार कर लगाउने धम्की दिएका थिए । ट्रम्पले यो असाधारण भन्सार करको धम्कीलाई ब्राजिलका दक्षिणपन्थी पूर्वराष्ट्रपति जेयर बोल्सोनारोविरुद्धको ब्राजिलमा चल्दै गरेको मुद्दासँग जोडेका थिए ।

ट्रम्पका नजिकका सहयोगी बोल्सोनारो २०२२ मा लुलाको राष्ट्रपति जितपछि उनलाई सत्ताच्युत गर्ने प्रयास गरेको आरोपमा ब्राजिलमा मुद्दा खेपिरहेका छन् । उनलाई सत्तापलटको योजनाकारको रूपमा ठहर गरियो भने उनले लामो समय जेल सजाय भोग्नुपर्ने बताइएको छ ।

बिहीबार सीएनएनकी क्रिश्चियन अमानपुरसँग विशेष कुराकानी गर्दै, लुला दा सिल्भाले ट्रम्पको धम्कीले प्रोटोकल तोडेको र उनको पूर्ववर्ती जेयर बोल्सोनारोको भाग्य दुईदेशबीचको व्यापार वार्ताको हिस्सा हुन नसक्ने तर्क गरे ।

“ब्राजिलको न्यायिक शक्ति स्वतन्त्र छ । गणतन्त्रको राष्ट्रपतिलाई कुनै प्रभाव हुँदैन,” उनले भने,” बोल्सोनारोलाई व्यक्तिगत रूपमा मुद्दा लगाइएको होइन । सत्तापलटका लागि गरेका प्रयासहरूका आधारमा उनलाई मुद्दा लगाइएको हो ।” बोल्सोनारोले गल्ती अस्वीकार गर्दै आएका छन् ।

लुलाले ट्रम्पले जनवरी ६ को विद्रोहको समयमा गरेका कार्यहरू ब्राजिलमा गरेका भए उनलाई पनि ब्राजिलमा मुद्दा चलिरहेको हुने बताए ।

“यदि, ट्रम्प ब्राजिलियन भएको भए र उनले क्यापिटल हिलमा भएको घटना यहाँ गरेका भए उनलाई पनि ब्राजिलमा मुद्दा चलिरहेको हुनेथियो,” उनले भने, “सम्भवतः उनले संविधान उल्लंघन गरेको हुन्थे । यदि, उनले ब्राजिलमा त्यस्तो गरेका भए उनलाई पनि पक्राउ गरिएको हुन्थ्यो ।” सीएनएन

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com