ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ट्रम्प विश्वको सम्राट होइनन्, अमेरिकी निर्वाचित नेता मात्र हुन्’


abc news
श्रावण २, २०८२ शुक्रबार  ८ : ०८ बजे

काठमाडौं, २ साउन । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले डोनाल्ड ट्रम्प विश्वको सम्राट नभएर अमेरिकाको एक निर्वाचित नेता मात्रै भएको टिप्पणी गरेका छन् ।

सिल्भाले ट्रम्पको भन्सार कर लगाउने धम्कीको जवाफ दिँदै यस्तो बताएको सीएनएनले जनाएको छ ।

गत हप्ता ट्रम्पले ब्राजिललाई अगस्ट १ देखि ५० प्रतिशत भन्सार कर लगाउने धम्की दिएका थिए । ट्रम्पले यो असाधारण भन्सार करको धम्कीलाई ब्राजिलका दक्षिणपन्थी पूर्वराष्ट्रपति जेयर बोल्सोनारोविरुद्धको ब्राजिलमा चल्दै गरेको मुद्दासँग जोडेका थिए ।

ट्रम्पका नजिकका सहयोगी बोल्सोनारो २०२२ मा लुलाको राष्ट्रपति जितपछि उनलाई सत्ताच्युत गर्ने प्रयास गरेको आरोपमा ब्राजिलमा मुद्दा खेपिरहेका छन् । उनलाई सत्तापलटको योजनाकारको रूपमा ठहर गरियो भने उनले लामो समय जेल सजाय भोग्नुपर्ने बताइएको छ ।

बिहीबार सीएनएनकी क्रिश्चियन अमानपुरसँग विशेष कुराकानी गर्दै, लुला दा सिल्भाले ट्रम्पको धम्कीले प्रोटोकल तोडेको र उनको पूर्ववर्ती जेयर बोल्सोनारोको भाग्य दुईदेशबीचको व्यापार वार्ताको हिस्सा हुन नसक्ने तर्क गरे ।

“ब्राजिलको न्यायिक शक्ति स्वतन्त्र छ । गणतन्त्रको राष्ट्रपतिलाई कुनै प्रभाव हुँदैन,” उनले भने,” बोल्सोनारोलाई व्यक्तिगत रूपमा मुद्दा लगाइएको होइन । सत्तापलटका लागि गरेका प्रयासहरूका आधारमा उनलाई मुद्दा लगाइएको हो ।” बोल्सोनारोले गल्ती अस्वीकार गर्दै आएका छन् ।

लुलाले ट्रम्पले जनवरी ६ को विद्रोहको समयमा गरेका कार्यहरू ब्राजिलमा गरेका भए उनलाई पनि ब्राजिलमा मुद्दा चलिरहेको हुने बताए ।

“यदि, ट्रम्प ब्राजिलियन भएको भए र उनले क्यापिटल हिलमा भएको घटना यहाँ गरेका भए उनलाई पनि ब्राजिलमा मुद्दा चलिरहेको हुनेथियो,” उनले भने, “सम्भवतः उनले संविधान उल्लंघन गरेको हुन्थे । यदि, उनले ब्राजिलमा त्यस्तो गरेका भए उनलाई पनि पक्राउ गरिएको हुन्थ्यो ।” सीएनएन

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com