ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा तीन व्यक्तिको डीएनए प्रयोग गरेर जन्मिएका शिशु वंशाणुगत रोगमुक्त – अध्ययन


abc news

काठमाडौ १ साउन । बेलायतमा तीन जनाको डीएनए प्रयोग गरेर जन्मिएका आठ जना शिशुमा वंशाणुगत रोग फेला नपरेको वैज्ञानिकहरूले बताएका छन् । उनीहरूमा गम्भीर माइटोकोन्ड्रियाल रोग नदेखिएको वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

न्युक्यासल फर्टिलिटी सेन्टरमा गरिएको यो प्रविधिमा आमा र बाबुको अण्डा र शुक्राणुलाई तेस्रो महिलाको स्वस्थ अण्डासँग संयोजन गरिएको हो ।

माइटोकोन्ड्रियाल रोग आमाबाट बच्चामा सर्ने गर्छ जसले शरीरलाई ऊर्जा बनाउन नसक्ने बनाउँछ र गम्भीर अपाङ्गता वा शिशुको अकालमा ज्यानसम्म जान सक्छ ।

बेलायतमा यो प्रविधिले १० वर्षदेखि कानूनी मान्यता पाएको भए पनि अहिले मात्र प्रभावकारी परिणाम देखिएको हो । २२ परिवारले यो प्रविधि अपनाएकामा आठ शिशु ९चार छोरा, चार छोरी० जन्मिएका खबरमा उल्लेख छ ।

सबै बच्चाहरू रोगमुक्त रहेका छन् र उनीहरू सामान्य रूपमा वृद्धि हुँदै गइरहेका छन् । वैज्ञानिकहरूका अनुसार यो प्रविधिबाट हरेक वर्ष २० देखि ३० शिशु जन्मन सक्ने सम्भावना छ ।

अहिलेसम्मका केही साना स्वास्थ्य समस्या माइटोकोन्ड्रियाल सम्बन्धित नभएको वैज्ञानिकहरूले बताएका छन् । वैज्ञानिकहरूले अझै केही प्रश्नहरूको अध्ययन गरिरहेकाले दीर्घकालीन प्रभाव मूल्याङ्कन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com