ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ आर्थिक वर्ष शुरू : गएको आर्थिक वर्षमा राजस्व सङ्कलन बढ्यो


abc news
श्रावण १, २०८२ बिहीबार  १ : ४१ बजे

काठमाडौ १ साउन । आजदेखि नयाँ आर्थिक वर्ष २०८२र८३ शुरू भएको छ । योसँगै बजेटमा भएको व्यवस्था कार्यान्वयनमा आएको छ ।

सरकारले बजेटमा ल्याएका करका नयाँ दरहरू कतिपय जेठ १५ गतेदेखि कार्यान्वनमा आएको थियो भने विलासिता कर लगायतका अरू व्यवस्था आजदेखि कार्यान्वयनमा आएको छ ।

सरकारले लिएको नीति र निर्धारण गरेका करका नयाँ दरले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले पनि नयाँ आर्थिक वर्षको शुरुआतले विशेष अर्थ राख्ने गरेको छ ।

यसैबीच हिजोदेखि सकिएको आर्थिक वर्ष २०८१र०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो अघिल्लो वर्षको भन्दा १ खर्ब २० अर्ब अर्थात ११।३३ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०८०र०८१ मा १० खर्ब ५८ अर्ब राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०८१र०८२ मा १४ खर्ब १९ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।

अर्धवार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएकोमा संशोधित लक्ष्य अनुसार ९१।६० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

विपद्, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरू हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रूपमा राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले दाबी गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको आर्थिक वर्षमा सरकारले लक्ष्यको ८२ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । असार मसान्तसम्म १५ खर्ब २३ अर्ब १० करोड रुपैयाँ बराबरको खर्च भएको हो ।

पूँजीगत खर्च यसपालि पनि निराशाजनक रह्यो । गएको आर्थिक वर्षमा तीन खर्ब ५२ अर्ब विनियोजन भएकोमा खर्च दुई खर्ब २२ अर्ब अर्थात् लक्ष्यको ६३।२ प्रतिशत मात्र खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com