ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारका गुण र दोषको जिम्मेवारी दुवै पार्टीले लिनुपर्छ – नेता सिटौला


abc news
असार ३२, २०८२ बुधबार  ५ : ३१ बजे

काठमाडौ ३२ असार । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले केही राम्रा कामहरू गरे पनि सबै काम गर्न नसकेको बताए ।

उनले सरकारले गरेका गुण र दोषहरू नेपाली कांग्रेस र नेकपा एमाले दुवै राजनीतिक दलहरूले लिनुपर्ने तर्क गरे ।

सरकारले जनताको हितमा कामहरू गर्दै जानुपर्नेमा जोड दिंदै उनले भने, ‘अहिले देशमा नेपाली कांग्रेस र एमालेको सरकार छ । एमालेको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । यो सरकारका गुण दोषको सबै जिम्मेवारी हामी दुवै पार्टीले लिनुपर्छ ।’

सांसद सिटौलाले थपे, ‘हामीले केही राम्रा काम गरेका छौँ, सरकारमार्फत, केही गर्न सकेका छैनौँ, गर्दै गरेका छैनौँ त्यो पनि होइन, सबै गरेका छौँ त्यो पनि होइन ।’

शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी रहेको उल्लेख गर्दै उनले भने, ‘शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी छ । त्यो विशेष जिम्मेवारी हामीले निर्वाह गर्नुपर्छ ।’

सांसद सिटौलाले शिक्षा विधेयक छिटो टुंग्याउनुपर्छ भन्ने मान्यतामा राजनीतिक दलहरू रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com