ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू


abc news

काठमाडौ ३२ असार । सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएको छ। असार २३ गते बसेको मन्त्रिपरिषद्‌् बैठकले यो निर्णय गरेको हो। बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने निर्णय गरेको बताए।

त्यस्तै विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने थप १०।८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता प्राप्त गर्ने, आर्थिक वर्ष २०८१(०८२ का लागि उखु उत्पादक कृषकहरूलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्वीन्टल ३५ कायम गर्ने, नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने निर्णय पनि गरेको छ।

असार २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
२०८२ असार ३० गतेदेखि साउन ८ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

नेपाल(चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा २०८२ साउन ६ गतेदेखि १२ गतेसम्म गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणको लागि स्वीकृति प्रदान गर्ने।

नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने।

विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने थप १०।८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता प्राप्त गर्ने।

प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने।

आर्थिक वर्ष २०८१(८२ का लागि उखु उत्पादक कृषकहरूलाई प्रदान गर्ने अनुदान रकम प्रतिक्वीन्टल ३५ कायम गर्ने।
नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने।

रेसुङ्गा नगरपालिका गुल्मीलाई जिपलाइन र स्काई साइक्लिङ निर्माणको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं ८ मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने।

२०८२ साउन ९ गतेदेखि १४ गतेसम्म नर्वेमा आयोजना हुने नर्वे टु स्ट्रेन्थेन कर्पोरेशन कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।

शेयरिङ द रिफ्रेश सेन्टर प्रालिलाई पर्यापर्यटन व्यवसाय गर्ने कार्यको लागि सुनकोशी गाउँपालिका वडा नं। ६ सिन्धुलीमा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा र धार्चे कृषि जडिबुटी उत्पादन तथा प्रशोधन फार्मलाई वन पैदावरमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने कार्यको लागि धार्चे गाउँपालिका वडा नं। ४ लाप्राक, गोरखामा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा कबुलियती वनको रूपमा उपलब्ध गराउन स्वीकृति दिने।

२०८२ साउन ५ गतेदेखि १६ गतेसम्म चीनमा आयोजना हुने रेजिनल वर्कसप अ नुक्लियर रेस्पोन्स क्यापाबिलिटी डेभलपमेण्ट फर बोर्डस एण्ड पोर्ट्स कार्यक्रममा सचिव ९विज्ञान तथा प्रविधि० लाई सहभागी हुन स्वीकृति दिने।

नेपाल र जापान सरकारविच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ बाट थप पाँच वर्षका लागि नवीकरण गर्न स्वीकृति दिने।

जल तथा उर्जा आयोगको सचिवालय र अन्तर्गतका कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।

क्यासिनो नियमावली, २०८२ स्वीकृत गर्ने।

राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ स्वीकृत गर्ने।

नेपाल लेखापरीक्षण सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायव महालेखापरीक्षक नारायण एमसी लाई बढुवा गर्ने।

यस्तै असार ३० गते बसेको मन्त्रिपरिषद्‌ बैठकले निर्माणाधीन नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा। खगराज शर्मा, रुपन्देहीलाई नियुक्ति गरेको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि मिति २०८२र३र२९ देखि चार महिनाका लागि थप गर्ने निर्णय पनि गरेको छ।

असार ३० गतेका निर्णयहरू
२०८२ साउन ११ गतेदेखि १३ गतेसम्म इथियोपियामा आयोजना हुने सेकेण्ड युएन फुड सिस्टम समिट स्टक टेक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा। जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाको आचरण, कार्यक्षमता र पदीय जिम्मेवारी पालना सम्बन्धमा समग्र रूपमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा जीवन प्रकाश सिटौला र कपिलदेव ओली सदस्य रहेको छानविन समिति गठन गर्ने, छानबिन समाप्त भई अर्को व्यवस्था नहुन्जेल सम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्नेगरी अर्थ मन्त्रालयका सहसचिव श्री सेवन्तक पोखरेललाई तोक्ने।

निर्माणाधीन नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने।

२०८२ साउन ६ गतेदेखि ८ गतेसम्म दक्षिण अफ्रिकाको जोहानस्वर्गमा आयोजना हुने फस्र्ट ग्लोवल एसएमई मिनिस्ट्रिय मिटिङमा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा। कपिल मान श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

जिल्ला समन्वय समिति डडेल्धुराको नाममा रहेको २–६–१–२ रोपनी जग्गा अमरगढी नगरपालिका, डडेल्धुरालाई बहुउद्देश्यीय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा। खगराज शर्मा, रुपन्देहीलाई नियुक्ति गर्ने।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि मिति २०८२(३(२९ देखि चार महिनाका लागि थप गर्ने।

नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने एक जना महासेनानीलाई सहायक सेनानी दर्जामा बढुवा गर्ने। १९ जना सहायक सेनानीहरूको सरुवा गर्ने।

ग्रामिण सडक सञ्जाल सुधार आयोजनालाई नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० जिल्लाको कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा रहेको आलोक चक्रपथअन्तर्गत गिरुवारी–झ्यालबास–डण्डा–चौराहा–पनौती–बसन्तपुर सडकखण्ड स्तरोन्नतिका लागि राष्ट्रिय वनको ३।९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।

कोशी गाउँपालिका, सुनसरीको केन्द्र वडा नं। १ लौकहीबाट परिवर्तन गरी वडा नं। ३ बद्रीपुल कायम गर्ने।

कालिगण्डकी गाउँपालिका, स्याङ्जाको केन्द्र वडा नं। ४ कट्टीबाट परिवर्तन गरी वडा नं। ४ गहलाम कायम गर्ने।

२०८२ साउन १० गतेदेखि १२ गतेसम्म चीनको संघाईमा आयोजना हुने २०२५ वर्ल्ड आर्टिफिसियल इन्टेलीजेन्स कन्फ्रेन्समा सहभागी हुन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वीकृति प्रदान गर्ने।

२०८२ साउन ८ र ९ गते चीनको बेइजिङमा आयोजना हुने ग्लोबल हेल्थ फोरम २०२५ सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com