ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्याफ्रुबेँसी–रसुवा सडक खण्डमा मर्मतको काम अन्तिम चरणमा


abc news
असार ३२, २०८२ बुधबार  १२ : ०८ बजे

काठमाडौ ३२ असार । रसुवाको स्याफ्रुबेँसी–रसुवागढी खण्डमा मर्मतको काम अन्तिम चरणमा पुगेको छ । गएको असार २३ गते नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोला भोटेकोशी मा आएको बाढीले स्याफ्रुबेँसी–रसुवागढी सडक क्षतविक्षत बनाएको थियो ।

बाढीले स्याफ्रुबेँसी–रसुवागढी झन्डै १४ किलोमिटर सडकमार्गको धेरैजसो भाग प्रभावित भएको थियो । सडक विभागसहित अन्य निकायको सहयोग र सहकार्यमा सडक मर्मतको काम ९० प्रतिशत पूरा भएको सडक सुधार आयोजना प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिनुभयो ।

गल्छी–त्रिशूली–रसुवागढी सडक सुधार आयोजना, स्थानीयस्तरमा सञ्चालित केही जलविद्युत् आयोजना र पालिकाको सहयोग र सहकार्यमा काम भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार रसुवागढी मितेरी पुलपारि चिनियाँ भागमा ‘पार्किङ’ गरी राखेको ३० वटा नेपाली कन्टेनर बाढीका कारण डुबानमा परेकामा २६ वटालाई निकालेको र बाँकी चारवटा कन्टेनरलाई पनि निकाल्न चिनियाँ पक्षबाट काम भइरहेको छ ।

बाढीले मितेरी पुल बगाउँदा रसुवागढी–केरुङ जोड्ने प्रमुख व्यापारिक नाका बन्द छ । यो पुल तत्काल सञ्चालनबारे विकल्पसहित चिनियाँ पक्षसँग छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com