काठमाडौ ३१ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुखमा नरहरि घिमिरेलाई सरुवा गरिएको छ। खोटाङको प्रमुख जिल्ला अधिकारी रहेका घिमिरेलाई मंगलबार गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गर्ने निर्णय गरेका हुन्।
घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गरेका थिए। आयोगको प्रवक्ताको जिम्मेवारी समेत घिमिरेले सम्हालेका थिए। विभानस्थल अध्यागमन कार्यालयका कर्मचारी व्यापक हेरफेर गरेको थियो।
अध्यागमनका कर्मचारीको सेटिङमा भिजिट भिसामा नेपालीलाई पठाउने गरेको पाइएपछि विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई अख्तियारको अनुसन्धानमा तानिएका छन्।
त्यसपछि विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीको सेट नै परिवर्तन गरिएको थियो।
घिमिरेसरुवा भएसँगै खोटाङको प्रमुख जिल्ला अधिकारीमा सहसचिव कल्पना श्रेष्ठलाई खटाइएको छ।







प्रतिक्रिया दिनुहोस्