ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवागढी बाढीमा डुबेका २६ कन्टेनर निकालियो, सडक ९० प्रतिशत खुल्यो


abc news

काठमाडौ ३१ असार । स्याफ्रुबेँसी–रसुवागढी खण्डको बिग्रेको राजमार्गको करिब ९० प्रतिशत मर्मत काम सम्पन्न भएको छ।

बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फ करिब १४ किलोमिटर सडकमार्गको अधिकांश भाग प्रभावित भएपछि सडक विभागसहित सम्बद्ध अन्य निकायसमेतको सहयोग र सहकार्यमा सडक मर्मतको कामले तीव्रता पाएसँगै काम अन्तिम चरणमा पुगेको हो।

तिब्बततर्फबाट बग्ने ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीका कारण बिग्रेको सो सडकखण्डको मर्मतको काम करिब अन्तिम चरणमा पुगेको सो राजमार्ग सडक सुधार आयोजना प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए।

गल्छी–त्रिशूली–रसुवागढी सडक सुधार आयोजना, स्थानीयस्तरमा सञ्चालित केही जलविद्युत् आयोजना र स्थानीय तह समेतको सहयोग र सहकार्यमा राजमार्ग खुलाउने काम तीव्र गतिमा भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार ‘लिङ्लिङ’ भीरबाहेक अन्य स्थानमा सडकको अवरोध हटाउने काम सम्पन्न भएको, विपद् व्यवस्थापनअन्तर्गत अहिले सडक खुलाउने काम करिब ९० प्रतिशत पूरा भएको, यही असार ३२ गते बुधबार साँझसम्म लिङ्लिङको ‘ट्र्याक’ खुलाउने प्रयास भइरहेको र यथासक्य चाँडो सडक सञ्चालन गरी भयभित जनजीवनलाई सामान्य अवस्थामा फर्काउन अहिलो यहाँ सबै एकजुट भएको अवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनका क्रममा यथासक्य चाँडो राजमार्ग खुलाउन निर्देशन दिनुभएसँगै स्थानीय प्रशासन, सुरक्षा निकाय, सडक सुधार आयोजना तथा स्थानीय तह समेतको सहयोग र सहकार्यमा तीव्र गतिमा काम भइरहेको स्थानीय नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए।

उनले भने, ‘अकल्पनीय बाढीका कारण जनजीवन त्राहीमाम भइरहेको अवस्थामा यति छिटो राजमार्ग खुल्ला भन्ने कल्पना समेत गरेका थिएनौँ। प्रधानमन्त्रीज्यूको निर्देशनपछि सडक मर्मतको काम द्रुतगतिमा अघि बढ्दा राहतको महसुस भएको छ। रसुवागढीस्थित टिमुरे क्षेत्रमा खाद्यान्न तथा तरकारी र औषधिको आपूति सहज भई जनताले राहत पाउने भए। अब बिरामी परिहाले पनि आत्तिनुपर्ने अवस्था छैन। रसुवावासीका तर्फबाट सडक मर्मतमा संलग्न सबैलाई धन्यवाद भन्न चाहन्छु।’

बाढीका कारण अवरुद्ध भएको विद्युत् तथा टेलिफोन सेवा सञ्चालन भएको, सो राजमार्गअन्तर्गत विभिन्न ठाउँमा चुँडिएका तार जोडने काम भइरहेको र शान्ति सुरक्षालाई प्राथमिकता दिएकोे रसुवाका प्रहरी प्रमुख हेमबहादुर शाहीले जानकारी दिए।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार रसुवागढीस्थित मितेरी पुलपारि चिनियाँ भूभागमा ‘पार्किङ’ गरी राखेको ३० वटा नेपाली कन्टेनर बाढीका कारण डुबानमा परेकामा २६ वटालाई निकालेको र बाँकी चारवटा कन्टेनरलाई पनि निकाल्न चिनियाँ पक्षबाट काम भइरहेको छ।

टिमुरेस्थित भन्सार ‘यार्ड’मा राति बाढी पस्दा ४० वटा मालवाहक डिब्बा बगाएको जानकारी दिँदै स्थानीय व्यवसायी वाङछिरिङ तामाङले क्षतिको यथार्थ विवरण लिई बाढी पीडित व्यवसायीलाई राहतको व्यवस्था गर्न सरकारसँग अनुरोध गरे।

असहज परिस्थितिका बाबजुद करिब ९० प्रतिशत सडक मर्मतको काम यति छिट्टै पूरा गरेकामा सरकारलाई धन्यवाद दिँदै बाढीपीडित रहेका तामाङले अभिभावकका हैसियतले राज्यबाट आवश्यक साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com