काठमाडौ ३१ असार । उदयपुरमा तरकारी बोकेको बोलेरोबाट प्रहरीले गाँजा बरामद गरेको छ।
सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका–२ मा चेकजाँचको क्रममा प्रहरीले तरकारी बोकेको बोलेरो गाडीबाट चारसय ३६ किलो लागू औषध गाँजा बरामद गरेको हो।
कटारीबाट सिराहाको मिर्चैयातर्फ जाँदै गरेको को।१ज १२७५ नम्बरको तरकारी बोकेको बोलेरो गाडीलाई शंका लागेर जाँच गर्दा १२ वटा बोरामा लुकाएको अवस्थामा ४ सय ३६ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
गाडी र चालक धनकुटा सहिदभुमी–२ का २९ वर्षीय तेज राईलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्