काठमाडौं ३१ असार । घुस डिलसम्बन्धी अडिओमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्।
मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। आफूले राजीनामा दिइसकेको मन्त्री गुप्ताले बताए।
नेकपा एमाले का मुख्य सचेतक महेश बर्तौलाले पनि मन्त्री गुप्ताले पदबाट राजीनामा दिएको पुष्टि गरे ।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ुडिल गरेकोु अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताले राजीनामा गर्नु पर्ने चौतर्फी दबाव परेको थियो ।
सोमबारको संसद बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले ओली सरकारले मन्त्रिपरिषद् र संसदलाई नै विचौलियाको खेल मैदान बनाउन लागेको गम्भीर आरोप लगाएका थिए ।
सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
गुप्ता एमालेका प्रतिनिधि सभाान पर्साजिल्लाका सांसद र पार्टीका केन्द्रीय सदस्य पनि हुन्।
मन्त्री गुप्ताले भने आफ्नो आवाज परीक्षणका लागि तयार रहेको तथा पैसा आफ्नो र मन्त्रालय दुवैको खातामा नआएको दाबी गर्दै आएका छन् ।







प्रतिक्रिया दिनुहोस्