ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्तरिक आम्दानी एक अर्ब पु-याउने भरतपुर महानगरको लक्ष्य


admin

चितवन, १९ चैत । भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षसम्ममा आन्तरिक आम्दानी एक अर्ब पु-याउने लक्ष्यका साथ करको दर वृद्धि र दायरा फराकिलो बनाएको जनाएको छ ।

कर बढेको भन्दै चौतर्फी आलोचना खेपिरहेको महानगरले आज यहाँ पत्रकार सम्मेलन गरी विगतको समयमा उपयुक्त मानिएका कतिपय करका दर र दायरा वर्तमान समयमा अव्यावहारिक र अवैज्ञानिक देखिएकाले समय सान्दर्भिक बनाउन करको दर र दायरा बढाएको बताएको हो ।

महानगरपालिकाकी प्रमुख रेणु दाहालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्थासमेतलाई आधार मानी व्यवसायको लगानी, पूँजी, व्यवसायको कारोवारका आधारमा केही करका दरलाई मात्रै समयसापेक्ष बनाइएको बताउनुभयो । उहाँले महानगर हुनका लागि आन्तरिक आम्दानी रु एक अर्ब हुनुपर्ने भएकाले आउँदो आवभित्रमा आम्दानी रु एक अर्ब पु-याइने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

चालू आवमा व्यवसाय करबाट रु १० करोड, आन्तरिक राजश्वबाट रु सात करोड र आन्तरिक आयबाट रु ५३ करोड गरी रु ७० करोड राजश्व उठाउने लक्ष्य महानगरको छ । गत वर्ष रु २३ करोड ९८ लाखमात्र आन्तरिक आम्दानी भएको थियो । गत वर्ष ११५ क्षेत्रमा कर लगाइएकामा यस वर्ष दायरा फराकिलो पारेर २०८ क्षेत्रमा कर लगाइएको छ । महानगरको चालू आवको बजेट रु तीन अर्ब २५ करोड छ ।

लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा कर्मचारीले जोखिम नलिने भएकाले करको दर र दायरा नबढाएको जानकारी दिंदै प्रमुख दाहालले जनमत प्राप्त जनप्रतिनिधिले महानगरको समग्र विकास आन्तरिक आम्दानीबिना गर्न नसक्ने हुँदा व्यवसाय कर र यसका दायरा तथा शुल्कमा केही हेरफेर मात्र गरिएको बताउनुभयो ।

महानगरका उपप्रमुख पार्वती शाहले निकै मेहनतका साथ करको दायरा बढाएर केही वृद्धि गरिएको बताउनुभयो । उहाँले महानगरले गठन गरेको राजश्व परामर्श समितिले छलफल गरी केही विषयमा थपघट प्रस्ताव गर्न सक्ने उल्लेख गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले करको वर्गीकरणमा देखिएका समस्या समाधान गर्दै जाने बताउनुभयो । करको दर बढेकामा विरोध जनाउँदै आएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष सहनलाल प्रधानले करमा वर्गीकरणको आधार प्रष्ट नभएको, त्रुटि रहेको र वैज्ञानिक नभएको भन्दै सच्याउन आग्रह गर्नुभयो ।

उद्योग वाणिज्य संघका निवर्तमान जिल्लाअध्यक्ष राजन गौतम संघका उपाध्यक्ष राजु पौडेलले पहिले कर तिरेर समृद्ध महानगर बनाउनु पर्नेमा जोड दिँदै करको दायरा फराकिलो बनाउनु पर्छ भन्नुभयोे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com