काठमाडौं, २४ असार । भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि उतै रोकिएको छ । चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका हुन् । सेनाका अधिकारीहरुले भने प्राविधिक कारण हेलिकोप्टर चीनतर्फ अवतरण गराइएको र छिट्टै फर्किने बताए । बाढीबाट चीनतर्फ रोकिएका करिब १५० जना नेपालीलाई उद्धार तथा सुरक्षित स्थानतर्फ लैजान हेलिकोप्टर गएको बताइएको छ । तर पूर्वअनुमतिबिना हेलिकोप्टर आएको भन्दै चिनियाँ पक्षले फोर्स ल्याण्डिङ गराएका हुन् । यसबारे नेपालको स्थानीय प्रशासनले गृह मन्त्राल, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ ।







प्रतिक्रिया दिनुहोस्