काठमाडौ २४ असार । नेपालमा विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँ नाघेको छ ।
जेठ मसान्तसम्म उक्त रकम बराबर विदेशी मुद्रा सञ्चिति पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यो सञ्चिति १४।७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । वस्तु आयात भने १७।६ प्रतिशत धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
२०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर कुल विदेशी मुद्रा सञ्चिति थियो । यो ११ महिनामा २५।९ प्रतिशतले बढेर २५ खर्ब ६९ अर्ब पुगेको हो ।
अमेरिकी डलरमा असार मसान्तसम्म १५ अर्ब २७ करोड रहेकोमा अहिले १८ अर्ब ६५ करोड पुगेको छ । विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन ९जीडीपी० को ४२।१ प्रतिशत छ । कुल आयातको तुलनामा १२२।९ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपातमा ३४।१ प्रतिशत छ ।








प्रतिक्रिया दिनुहोस्