काठमाडौ २४ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा प्रभावितहरूका लागि राहत र उद्धारमा खट्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सभापति देउवाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत र उद्धार प्रभावकारी रुपमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार राति आएको बाढीले रसुवामा १८ जना सम्पर्कविहीन भएका छन् ।
बाढीले विद्यत् आयोजना र पुलहरुमा क्षति पुर्याएको छ । रसुवागढी भन्सारमा राखिएका करिब एक सय गाडीहरू बाढीले बगाएको अनुमान गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्