ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी आएको रसुवागढीमा अझै जोखिम छ, सावधानी अपनाउनू- स्थानीय प्रशासन


abc news
असार २४, २०८२ मंगलबार  १ : ०५ बजे

काठमाडौ २४ असार । रसुवा जिल्ला प्रशासन कार्यालयले रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोसी नदीआसपास अझै पनि जोखिम रहेकाले सावधानी अपनाउन सम्बन्धित सबैलाई सुझाव दिएको छ।

मंगलबार बिहान ३ बजेतिर रसुवाको गोसाइँकुण्ड गाउँपालिका(२, रसुवागढीस्थित भोटेकोसी नदीमा भीषण बाढी आउँदा १८ जना बेपत्ता छन् भने ठूलो मात्रमा भौतिक संरचना क्षति भएको छ।

बाढीले रसुवागढीस्थित मितेरी पुल भत्किँदा त्यहाँ नेपाल(चीन सडक सम्पर्क टुटेको, स्याफ्रुबेँसी(रसुवागढी सडकखण्ड अवरोध भएको र नदी तटीय क्षेत्रका संरचनामा क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार उक्त विपद्को प्रतिकार्यका लागि स्थानीय प्रशासन एवम् नागरिक तदारुकता साथ खटिएका छन्।

उनले जारी गरेको सूचनामा भनिएको छ स् विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रमा बसोबास गर्नुहुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजना र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाई यातायातका साधन सञ्चालन गर्दा वा यात्रा गर्दा समेत आवश्यक सूचना लिई मात्र गर्नु हुन अनुरोध छ।

साथै बाढी(पहिरो वा अन्य क्षतिको सम्भावित जोखिम देखिएमा तुरुन्त नजिकैको सुरक्षा निकाय, प्रहरी कन्ट्रोल नं। १०० वा जिल्ला आपत्‌कालीन कार्यसञ्चालन केन्द्र ९डीईओसी० को फोनं। ०१०(५४००१९ मा जानकारी गराई गराउनसमेत सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com