काठमाडौ २४ असार । जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वर बजार टोलको भैया पोखरीमा डुबेर दिदीबहिनीको ज्यान गएको छ । आज पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।
ज्यान जानेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।
दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताउनुभयो । दुवैजनालाई अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्