ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राम नेपालमै जन्मिएका हुन् भन्न डराउनुपर्दैन – प्रधानमन्त्री


abc news
असार २३, २०८२ सोमबार  ५ : ४२ बजे

काठमाडौ २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने बताएका छन्।

नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटनस् अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उनले राम नेपालमा जन्मिएको आफ्नो दाबीलाई दोहोर्‍याएका हुन् ।

यसअघि पनि पटक पटक प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए ।

उनले भने, ‘हामी पर्यटनका कुरा गर्छौं तर नेपालमा राम जन्मिएका, अन्त कसैले भन्नुपर्‍यो नि, त्यत्तिकै कथा हालेर हुन्छ फलानु ठाउँमा जन्मिएको भनेर ‘ ।’

उनले थपे, ‘राम जन्मिएका नेपालमा हो । नेपालको भूमिमा पर्छ त्यो ठाउँ । उतिबेला पनि नेपालमै थियो भन्दिनँ म । के थियो, के थिएन, थारु गाउँ थियो कि रु के थियो । अहिले त्यो भूभाग नेपालमा पर्छ ।’

उनले कोही रिसाउँछ कि भनेर सत्य कुरा बोल्न डराउन नहुने तर्क गरे ।

‘राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नो कुरा हो । जसले रामलाई भगवान मान्छ रामको जन्मभूमि पवित्र ठाउँ हो’ उनले भने, ‘यति प्रचार गर्न सक्दैनौं हामी, यति भन्न सक्दैनौं, यति आँट गर्दैनौं । अप्ठेरो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ ।’

उनले प्रश्न गरे, ‘साँचो बोल्दाखेरि रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरिखान्छौं रु’

उनले शिव, विश्वामित्र र कौशिक ऋषि पनि नेपालकै भएको बताए । ‘शिव यहींका हुन्, विश्वामित्र यहींका हुन् । मैले लेखेको होइन नि रामायण १’

प्रधानमन्त्री ओलीले वाल्मिकीकृत रामायणमा राम(लक्ष्मणलाई विश्वामित्रले नेपाली भूभागमै शिक्षा दिएको प्रसंग उल्लेख रहेको उनले सुनाए । ‘त्यो मैले लेखेको होइन नि । वाल्मीकिकृत रामायणमा कोशी नदी तरेर पश्चिम गएर राम लक्ष्मणलाई शिक्षा दिए विश्वामित्रले भनेको छ । मैले लेखेको होइन त्यो । विश्वामित्र चतराका हुन् भन्ने स्पष्ट छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com