ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान


abc news
असार २३, २०८२ सोमबार  ५ : ३५ बजे

काठमाडौ २३ असार । १५ लाख धरौटी बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान भएका छन्। न्यायाधीश बलराम लम्सालको इजलासले १५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो। तर उक्त धरौटी रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन्।

नक्कली नोटको प्रकरणमा कैद भुक्तान गरेर रिहा भएलगत्तै गत जेठ १० गते शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले ललितपुरबाट पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो। यस मुद्दामा युनुससहित ४ जना र १ संस्थाविरुद्ध मुद्दा दायर भएको थियो।

युनुस अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजनसहित युनुसकी श्रीमती सालमा खातुन, प्रमीला अधिकारी र सुवेश्वरप्रसाद कुशवाहलाई खाताको रकम जफत गर्नका लागि प्रतिवादी बनाइएको थियो। यी तीनै जना फरार छन्। उनीहरूको खातमा १५ लाख ५९ हजार २०९ रुपैयाँ रहेको छ। उक्त रकम जफत गर्न पनि माग गरिएको छ।

त्यस्तै युनुसको नाममा रहेको जग्गा पनि जफत गर्न माग गरिएको छ। सम्पत्ति शुद्धीकरणको कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसुर हेरी २ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

ु।।।यी प्रतिवादी युनुस अन्सारीबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७२ समेतका आधारमा दफा ६८ बमोजिम १५ लाख नगद जमानत वा बैंक जमानत दिए लिई कागज गराइ तारेखमा राख्नू। उक्त धरौटी दाखिला गर्न नसके निज प्रतिवादीलाई थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा लेखी पठाइदिनू भनि यो आदेश पर्चा गरिएको छु आदेशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

सम्बन्धित

बालेनलाई बधाई दिँदै मोदीले भने : “तपाईँसँग मिलेर काम गर्न उत्सुक छु”

देशकै अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने जिम्मेवारी : शिशिर खनाल परराष्ट्रमन्त्री नियुक्त

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : १५ ऐन खारेज गर्ने, राजस्व अनुसन्धान विभाग पनि बन्द

बालेन सरकारका मन्त्रीहरूको विस्तृत प्रोफाइल: संगीतको स्वरबाट सिंहदरबारको सिंहासनसम्म !

जेनजी आन्दोलनका ‘कमान्डर’ अब गृह मन्त्रालयको जिम्मेवारीमा

नेपालको राजनीतिमा युवा र नयाँ शक्तिको उदय : बालेन सरकारको सफलताको शुभकामना !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com