ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंका यी छ ठाँउमा फ्रि- वाईफाई..


admin
चैत्र १८, २०७४ आईतबार  ४ : ५५ बजे

काठमाडौं, १८ चैत । काठमाडौं महानगरपालीकाले विभिन्न ६ स्थानमा निःशुल्क वाइफाई सेवा दिने भएको छ ।

त्यसका लागि इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशन र काठमाडौ महानगरविच निःशुल्क वाइफाईको सम्झौता भएको छ ।

नगरपालीकाको तर्फवाट प्रमूख प्रशासकीय अधिकृत धनिराम शर्मा र वर्ड लिङ्क कम्युनिकेसनकातर्फ बाट निर्देशक विजय कुमार जलानले करारमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार अबको ६० दिन भित्र पशुपतीनाथ, बौद्ध, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भु र बसन्तपुर हनुमान ढोका क्षेत्रमा वाइफाई सेवा सुरु हुनेछ। केही कारणबस समयमा काम पुरा नभए अन्य ३० दिन मात्र म्याद थप हुने सम्झौतामा उल्लेख छ।

वल्र्ड लिङ्क र महानगरबिच करारको अवधि ५ वर्षको छ । आवश्यक परे म्याद अवधी थप्न सकिने उल्लेख छ।

त्यस्तै महानगरपालिकाले तोकेका अन्य स्थानमा पनि वल्र्ड लिङ्कले वाइफाई सेवा प्रदान गर्नुपर्नेछ त्यसो गर्न नसके महानगरले अरु सेवा प्रदायकसँग सहकार्य गर्ने करारमा उल्लेख गरीएको छ।

प्रयोगकर्ताको संख्या बृद्दी भएसँगै वल्र्ड लिङ्कले क्षमता पनि बढाउनु पर्ने सर्तमा उल्लेख छ।

अहिले ६ ठाँउबाट सेवा सुरु गरेकोमा पछि क्रमश बढाउँदै लैजाने काठमाडौं महानगरपालीकाका मेयर विद्याशुन्दर शाक्यले बताए।

कार्यक्रममा बोल्दै वल्र्ड लिङ्क कम्युनिकेशनका निर्देशक विजय कुमार जलानले महानगरसँग सहकार्य गरेर अरु ठाँउमा पनि सेवा दिने इच्छा रहेको बताए।

यो सेवा सुरु भएपछि प्रत्येक सेवाग्राहीले एक दिनमा ३० मिनेट निःशुल्क सेवा पाउनेछन् । वाइफाइ अन गरेपछि स्वतः कनेक्ट हुने गरी व्यवस्था मिलाइनेछ ।

वाइफाइ जडान सम्बन्धी गरिएको अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ ।

जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यानमा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा प्वाइन्ट हुनेछन् ।

प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एक पटकमा २०० देखि ७०० जनासम्मले वाइफाइ प्रयोग गर्ने अध्ययनले देखाएको छ भने बौद्धमा २५० जनादेखि ५०० जना, शंखपार्कमा ५० देखि २०० जना, बालाजुमा २०० देखि ७०० जना, स्वयम्भूमा २०० देखि ३०० जना, बसन्तपुरमा २०० देखि ३०० जनासम्मले सेवा लिनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com