ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंहदरबारबाट हराएको गाडी मन्त्रीकै ‘कब्जा’मा


abc news
असार २२, २०८२ आईतबार  ५ : १८ बजे

काठमाडौ २२ असार । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाटै हराएको भनिएको गाडी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीकै कब्जामा रहेको तथ्य फेला परेको छ।

यही असार १५ गते श्रम मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै गाडी खोजी गरिदिन र संलग्न व्यक्तिलाई कारबाही गर्न आग्रह गरेको थियो।

प्रहरीकहाँ पत्र पुगेलगत्तै गाडी मन्त्रालयमा फिर्ता गरिएको स्रोतले बताएको छ।

मन्त्रालय स्रोतका अनुसार उक्त गाडी श्रम मन्त्री शरतसिंह भण्डारीले आफू संलग्न पार्टी लोसपका अध्यक्ष महन्थ ठाकुरलाई दिएका थिए। ठाकुरकी छोरी डा। मिनाक्षी ठाकुरले सो गाडी चढ्दै आएको स्रोतको दाबी छ।

महन्थपुत्री मिनाक्षी हाल वैदेशिक रोजगार बोर्डकी सदस्य छिन्। मन्त्री भण्डारीले नै उनलाई बोर्डमा नियुक्त गरेका हुन्।

स्रोतका अनुसार करिब ४ महिनाअगाडि मन्त्रालयको स्टोरबाट प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको महेन्द्र स्कर्पियो गाडी श्रममन्त्री भण्डारीकै निर्देशनमा उनका स्वकीय सचिवले लिएर हिँडेका थिए।

हाल मन्त्रालयमा एकजना उपसचिवलाई गाडीको आवश्यकता परेपछि उक्त गाडीको खोजी भएको थियो।

श्रम मन्त्रालयका सचिव कृष्णहरि परष्करले शाखा अधिकृत भिमबहादुर शाहीमार्फत गाडी खोजीका लागि प्रहरी गुहारेका थिए।

शाहीले प्रहरीलाई लेखेको पत्रमा पनि ‘नेपाल सरकार सचिवस्तरीय निर्णयानुसार’ उल्लेख छ।

सचिव पुष्करले गाडी खोजी गरिदिन र संलग्नमाथि कारबाही गर्न भन्दै प्रहरीलाई पत्र लेखेपछि मन्त्री भण्डारी भने सचिवसँग रुष्ट भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com