ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी बैठकमा मिनेन्द्र रिजालको प्रस्ताव, दुई चरणमा विधान संशोधन गरौं


abc news

काठमाडौ २२ असार । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले पार्टी विधान दुई चरणमा गर्नु उपयुक्त हुने प्रस्ताव राखेका छन् । कांग्रेसले १५ औं महाधिवेशन अघि विधान संशोधन गर्ने निर्णय गरिसकेको छ । यद्यपि, विधान मस्यौदा समिति भने गठन भइसकेको छैन ।

विधानमा गर्नुपर्ने संशोधनहरूका विषयमा चर्चा चलिरहँदा नेता रिजालले दुई चरणमा संशोधन गर्नुपर्ने विचार राखेका हुन् ।

महाधिवेशन प्रतिनिधि मात्रै छनोट गरेर सभापति चयन गर्ने गरी पहिलो चरणको संशोधनको प्रस्ताव उनले राखेका छन् ।

‘पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन गरौँ । र, महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौँ,’ रिजालले भने, ‘त्यो सभापतिको तत्काल कार्यकाल सुरु गर्ने होइन । आम निर्वाचन पछाडिको मात्रै कार्यकाल सुरु हुनेछ ।’

दोस्रो चरणमा विधान संशोधन गर्दा त्यसबेलाको सभापतिले आफूले चाहे अनुसारको व्यवस्था अनुसार विधानमा राख्न सक्ने उनले बताए ।

‘सभापति हुने व्यक्तिले विधान संशोधनको प्रस्ताव पार्टी लिएर उसले जान्छ । जस्तो पार्टी बनाउन खोजेको हो, जति वटा निर्वाचन बनाउन खोजेको हो,’ रिजालले केन्द्रीय समिति बैठकमा भने, ‘जुन जुन तह राख्न खोजेको हो, त्यही अनुसारको प्रस्ताव होला । आम निर्वाचन सकिएपछि कांग्रेसले बाँकी कामका लागि बाँकी महाधिवेशन गर्छ ।’

महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन भयो भने तल तलसम्म गुटबन्दी समेत नहुने रिजालले दाबी गरे । तह तहमा हुने महाधिवेशनको तिक्तताले आन्तरिक वैमनस्यता उत्पन्न भई आम निर्वाचनमा पार्टीलाई असर गर्ने उनले बताए । उनले भने, ‘जुनसुकै गुट चुनाव लडोस्, पार्टी भलो बाटोमा जाँदैन भन्ने मलाई लाग्छ ।’

पार्टीभित्र महाधिवेशन कहिले हुने बहस चलिरहँदा कम्तीमा सय जना सभापतिको दाबीकर्ता देखेको उनले बताए ।

‘कम्तीमा सभापति उम्मेदवार देखेको छु मैले । पार्टी कसरी बनाउने भन्दा मलाइ सभापति बनाइदिनुस्, बाँकी सबै ठीक हुन्छ भनेर । त्यो भन्दा बढी मैले सुनेको छैन,’ रिजालले भने, ‘जुन भाषामा, जुन शैलीमा, जुन भंगिमा बोल्नुभएको छ, सभापति मलाई बनाइदिनुस्, बाँकी भएका सबै समस्या समाधान हुन्छ । अहिले सम्म कहिल्यै नभएको जस्तो पार्टी संगठन बनाउँछु भन्नुभएको छ । त्यसरी पार्टी संगठन बन्दैन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com