ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेश सभामा विपक्षी दलहरूको अवरुद्ध


abc news

काठमाडौ २२ असार । बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेशसभा बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका छन् । १० दिनपछि बसेको बैठक विपक्षी दलहरूले अवरुद्ध गरेका हुन् ।

बैठकको सुरुमै उठेर नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद कनिष पटेलले बजेटको बारेमा सरकारकै नेतृत्व गरिरहेका दल जनमतका केन्द्रीय अध्यक्ष डा। सिके राउत, सत्ता पक्षकै सांसदहरुले बिचौलिया प्रवेश, असमान बजेट ल्याएकोले पुनर्लेखन हुनुपर्ने माग गरे ।

उनले पुनर्लेखन नभए सदन चल्न नदिने बताए ।

यस्तै, नेकपा माओवादी केन्द्रका दलका उपनेता युवराज भट्टराईले सत्ता पक्षबाटै बजेट असमान र विचौलिया हाबी भएको बताइसकेको, सिमित क्षेत्रमा बजेटको ओइरो र पाँच लाखसम्मका खुद्रे योजना राखेकोले बजेट पुनर्लेखन हुनुपर्ने माग गरे ।

‘सीमित क्षेत्रमा बजेटको ओइरो छ । पाँच लाखसम्मका खुद्रे योजना राखिएको छ । यी धेरै विषयहरु भएकाले बजेटको पुनर्लेखनको विकल्प छैन । पुनर्लेखन नभएसम्मका निम्ति अघि नबढाइयोस् भन्ने आग्रह गर्न चाहन्छु,’ उनले सभामुखलाई आग्रह गर्दै भने ।

बैठकमै प्रमुख प्रतिपक्षी जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटलाई जनताले रामौसँग देखेको बताए ।

‘यसअघि यसै मुख्यमन्त्रीले बजेट ल्याउँदा ह्याक भएको बताएको र अहिले उनकै दलका नेता बिचौलिया हाबी भएको भन्छन् । र स्वभाविक रुपमा छ । प्रतिपक्षीले पहिले नै भनिसकेको छ । २० वर्ष पहिलेसम्मका भुक्तानीका लागि मुख्यमन्त्रीको पिताको नाममा बजेट राखिएको छ । जबसम्म समान बजेट हुँदैन । विचौलिया हाबी रहन्छ । तबसम्म कुनै पनि हालतमा बजेट पारित हुन दिन्नौं,’ यादवले भने ।

यसपछि सभामुख रामचन्द्र मण्डलले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com