ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल साढे ५२ अर्बको आयात


abc news
असार २१, २०८२ शनिबार  २ : २६ बजे

काठमाडौ २१ असार । चालू आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल साढे ५२ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । साउनयता जेठ अन्तिमसम्म वीरगञ्ज नाकाबाट ५२ अर्ब ५८ करोड रुपैयाँको भटमासको कच्चा तेल भित्रिएको हो । यो गएको आर्थिक वर्षको तुलनामा ४५ अर्ब २१ करोड भन्दा धेरैको आयात हो ।

अघिल्लो आर्थिक वर्षको ११ महिनामा सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल वीरगञ्ज नाकाबाट आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालू आर्थिक वर्ष भटमासको कच्चा तेल आयातसँगै प्रशोधित निर्यात पनि उल्लेखनिय रहेको बताउनुभयो ।

मुख्यगरी व्यवसायीले भटमासको कच्चा तेल ल्याएर प्रशोधन गरी फेरि निर्यात गरेको पाइन्छ । वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ११ महिनामा भटमासको तेल प्रशोधित निर्यात ५५ अर्ब तीन करोड छ । यसमा २५ करोड ८८ लाख १४ हजार लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ ।

अघिल्लो वर्ष आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार लिटर मात्रै भटमासको प्रशोधित तेल निर्यात भएको थियो । चालू आर्थिक वर्षको ११ महिनामा यो नाका हुँदै नौ अर्ब ७५ करोड मूल्य पर्ने सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । तर अघिल्लो आर्थिक वर्षको त्यहि अवधिमा आठ अर्ब चार करोड मूल्यको आयात थियो ।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी अघिल्लो वर्षे ११ महिनाको अवधिमा नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com