ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने सई हेडक्वार्टर तानिए


abc news
असार २०, २०८२ शुक्रबार  ५ : ४७ बजे

काठमाडौ २० असार । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक प्रहरी नायव निरीक्षक सई० माथि छानबिन हुने भएको छ।

ट्राफिक प्रहरी कार्यालय, नेपालगञ्जमा कार्यरत सई कमल खड्कालाई जिम्मेवारीबाट हटाएर छानबिनका लागि हेडक्वार्टर तानिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए।

ड्युटीमा खटिएका सई खड्काले पनि कारागारमा रहेका अभियुक्तको पक्षमा सडकमै हस्ताक्षर गरेको फोटो सार्वजनिक भएको थियो। रुपन्देहीस्थित बुटवलको सुप्र‍िम सहकारी ठगीको अभियोगमा लागिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

जिल्ला अदालत रुपन्देहीबाट एक करोड धरौटीमा छुटेका लामिछाने उच्चको आदेशपछि कारागारमा छन्। सर्वोच्च अदालतले पनि उनलाई थुनामा पठाउने उच्च अदालतको आदेश सदर गरिसकेको छ। अब फैसला नहुन्जेल उनी कारागारमै बस्नुको विकल्प छैन।

तर सर्वोच्च अदालतको समेत आदेशमा थुनामा रहेका सहकारी ठगीका अभियुक्तलाई प्रतिशोध भएको भन्दै रास्वपा सडकमा हस्ताक्षर अभियान चलाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

स्वास्थ्य बीमा ‘राष्ट्रिय गौरव’को बहस : गगन थापाको घोषणा, सम्भावना र चुनौती

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com