काठमाडौ २० असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्न फ्रान्स जान भएका छन्।
शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने सरकारको एजेण्डा रहेको र पेरिसमा हुने वल्र्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार त्यसतर्फ जान लागेको जानकारी दिए।
‘तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्नेगरी हाम्रो एजेण्डा छ, वल्र्ड हेरिटेज कमिटीको मिटिङ पेरिसमा छ,’ पाण्डेले भने, ‘हामी १० वर्ष यता त्यो प्रयासमा छौँ। त्यसमा पनि थुप्रै जटिलताहरु छन्। कसले सपोर्ट गर्ने, कसले नगर्ने भन्नेरु २१ वटा देश सम्मिलित कमिटी छ। त्यो कमिटीको बहुमतले निर्णय गर्नुपर्छ। त्यसमा भारत, कतार, जापान, कोरिया लगायतका एसियन देशहरु छन्।’
उनले थपे, ‘त्यसमा धेरै वर्षदेखि साधनस्रोत लागिसकेको छ । तिलौराकोटमा धेरै पुरातात्विक वस्तुहरु फेला परेको, त्यही बेलै औद्योगिकीकरण भएको, व्यवस्थित सिटी, पार्कहरु थिए, आधुनिक सहरमा हुने पूर्वाधार सबै थिए त्यही बेलामै भन्नेकुरा वैज्ञानिकहरुले पुष्टि गरेको अवस्था छ।’








प्रतिक्रिया दिनुहोस्