ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिवि केन्द्रीय क्याम्पसको छात्राबासमा सरसफाइ र आधारभूत व्यवस्थापन कमजोरी


abc news
असार २०, २०८२ शुक्रबार  ११ : ०९ बजे

काठमाडौ २० असार । देशकै जेठो र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरमा रहेको केन्द्रीय क्याम्पसको छात्राबासमा सरसफाइ र आधारभूत व्यवस्थापन कमजोरी देखेपछि सांसदहरूले तत्काल अवस्था सुधार्न निर्देशन दिएका छन् ।

त्रिविको ईश्वरी कन्या छात्राबासअन्तर्गत ‘ङ’ ब्लकको भान्सा तथा पानीलगायतको प्रबन्धबारे अनुगमन गर्न हिजो दिउँसो कीर्तिपुर पुगेको प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविका प्राचार्यलगायतका पदाधिकारीलाई निर्देशन दिएको हो ।

विश्वविद्यालयको छात्राबासको व्यवस्था अनुगमन गर्न संसदीय टोली पुगेको सम्भवतः यो पहिलो पटक हो । संसदीय टोलीलाई छात्राबास पुग्नासाथ भान्साको व्यवस्थापन देखाउँदै त्यहाँका विद्यार्थीले अत्यन्त फोहर भाँडाकुँडा प्रयोग गर्ने गरिएको, भान्साको सरसफाइको अवस्था दयनीय रहेको, भान्छाको टेबुल, बस्ने मेच फोहर रहेको देखाएका थिए ।

यसबारे बारम्बार गुनासो गर्दा प्राचार्यको कार्यालय, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा अन्य सम्बद्ध निकायले बेवास्ता गरेको र कतिपय अवस्थामा छात्राबासका वार्डेनलगायतबाट उल्टै रुखो व्यवहार हुने गरेको गुनासो गरेका छन् ।

छात्राबासको निरीक्षण र छात्राहरूको गुनासो सुनेपछि संसदीय टोलीले केन्द्रीय क्याम्पसका प्राचार्य अकलदेव मिश्र र प्रोक्टर राजेन्द्र कुवँरसँग समस्याबारे सोधपुछ गरेको थियो । सांसदहरूले आफूहरूले छात्राबासमा अवलोकन गर्दा सरसफाइ र स्वास्थ्य सुरक्षाको न्यूनतम मापदण्ड पनि नपुर्याइएको पाएको बताएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा। ईश्वर सुवेदीले छात्राबासका समस्या तत्काल समाधान गर्न निर्देशन दिँदै उहाँले विद्यार्थीबाट फेरि पनि एउटै खालको गुनासो आए समितिले थप कदम चाल्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

सम्बन्धित

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

कांग्रेसको ‘होम ड्यूटी’ रणनीति: ‘जहाँ जिम्मेवारी, त्यहीँ खटिने’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com