ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा विधेयक रोकेर सरकार र महासंघ वार्तामा


abc news
असार १९, २०८२ बिहीबार  ७ : ०३ बजे

काठमाडौ १९ असार । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक रोकेर सरकार र शिक्षक महासंघबीच वार्ता चलिरहेको छ ।

अस्थायी प्रकृतिका शिक्षकको मागमा शिक्षक महासंघले असन्तुष्टि जनाएपछि गत १६ असारमा अन्तिम समयमा समितिबाट विधेयक पास हुन सकेको थिएन ।

नमिलेका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग वार्ता भइरहेको शिक्षक महासंघले जनाएको छ ।

‘टुंगोमा पुगिसकेको छैन । छलफल गरिरहेका छौं । अस्थायी शिक्षकका मागको सवाल र स्थायी शिक्षकको बढुवाको कुरा हो,’ महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।

राहत शिक्षक, अनुदान कोटा, विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक, प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षक, कक्षा ११ र १२ को स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी शिक्षकको पदपूर्ति आन्तरिक ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने महासंघको माग छ ।

तर समितिमा आन्तरिक ६० प्रतिशत र खुला ४० प्रतिशत गर्ने सहमति जुटेको छ । तर यसमा महासंघले विरोध जनाएपछि विधेयक पास हुन सकेको छैन । त्यसैगरी शिक्षकको बढुवाको विषयमा पनि कुरा मिलेको छैन ।

शिक्षक बढुवामा कार्य सम्पादन मूल्यांकनका लागि तोकिएको अंकको विषय पेचिलो बनेको हो । उपसमितिले पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्यांकनमा औसतमा ९० प्रतिशत अंक प्राप्त गर्नुपर्ने सहमति गरेको छ । ९० अंक घटाउनु पर्ने माग महासंघको छ ।

ईसीडीमा कार्यरतलाई पनि शिक्षक वा सहजकर्ता भन्नेमा सहमति जुटेको छैन । यिनै नमिलेको विषयमा सरकारसँग वार्ता भइरहेको महासंघले जनाएको छ ।

‘एक दुई दिनमा वार कि पार हुन्छ । टुंगो लाग्यो भने लाग्यो नभए आन्दोलनमा जान्छौं,’ महासंघ अध्यक्ष सुवेदीले भने ।

सरकारले संसद् बैठक २३ असारका लागि बोलाएको छ । सो अवधिसम्म कुर्ने महासंघको योजना छ । गत २० चैतदेखि २९ दिन लामो काठमाडौंमा शिक्षकहरूले आन्दोलन गरेका थिए । १७ वैशाखमा १५ असारभित्र ऐन जारी गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व लागेको छ, आलोपालो हुँदैन– रवि लामिछाने

कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com