ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेमा मात्र २ करोड राजश्व संकलन, लक्ष्य लिएकोभन्दा आधा कम


admin

बाँके १८, चैत्र । बाँकेको कोहलपुर नगरपालिका यस आर्थिक बर्षमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल हुने देखिएको छ । नयाँ संविधान अनुसार कोहलपुर नगरपालिकाका स्थानीय सरकार समेत हो ।

आर्थिक बर्ष २०७४÷७५ को ८ महिनामा नगरपालिकाले उठाएको राजश्व हेर्ने हो भने लक्ष्य अनुसार असार मसान्तसम्म राजश्व संकलन गर्न असफल हुने देखिन्छ । लक्ष्य अनुसार नगरपालिकाले राजश्व संकलन गर्न नसके स्थानीय सरकारको रुपमा हेरिएको स्थानीय तहलाई पहिलो गासमा नै ढुङ्गा लाग्ने देखिन्छ ।

कोहलपुर नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ मा अनुमानित ४ करोड ४८ लाख ७० हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । यस आर्थिक बर्षको ८ महिनामा नगरपालिकाले १ करोड ७० लाख ३४ हजार ६ सय ४६ रुपैया मात्र राजश्व संकलन गर्न सकेको छ । अनुमानित बजेट अनुसार नगरपालिकाले फागुन मसान्तसम्म ३ करोड ३६ लाख ५२ हजार ५ सय रुपैया राजश्व संकलन गरिसक्नुपर्ने थियो ।

फागनु मसान्तसम्म १ करोड ६६ लाख १७ हजार ८ सय ५४ रुपैया लक्ष्य अनुसार राजश्व कम संकलन भएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले लक्ष्य अनुसार राजश्व उठ्न नसकेको बताए । यस आर्थिक बर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकिए पनी आर्थिक बर्ष २०७५÷०७६ मा लक्ष्य अनुसार राजश्व सकंलन हुने उनको भनाई रहेको थियो ।

नगरपालिकाको तथ्याक अनुसार विभिन्न शिर्षकमा उठ्नुपर्ने राजश्व संकलन समेत कम हुदै आएको पाउन सकिन्छ । लक्ष्य अनुसार राजश्व संकलन नहुदा नगरपालिकाले आन्तरिक श्रोतबाट विभिन्न शिर्षकमा छुट्याएको ठाउँमा रकम खर्च गर्न समस्या पर्ने देखिन्छ ।

स्थानीय तहमा जनप्रतिनिधी आएपछि राजश्वमा वृद्वि हुने लक्ष्य राखिएको थियो । लक्ष्य अनुसारको कर संकलन गर्न नसक्नुको मुख्य कारण नगरपालिकाको आफ्नो कार्य योजना नरहनु र स्थानिय व्यवासायीहरुलाई करको दायरामा ल्याउन नसक्नु रहेको बताइन्छ ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम देवकोटाले नगरपालिकाले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसक्नुको मुख्य कारण एकिकृत सम्पति कर लागु गर्न नसक्नु रहेको बताए । आफुहरु बाँकि समयमा नगरपालिका भित्रमा सबै व्यवसायिकलाई करको दायरमा ल्याएर लक्ष्य अनुसारको राजश्व संकलन गर्न लागिपर्ने उनको भनाई रहेको छ ।

आर्थिक बर्ष २०७३÷०७४ मा समेत कोहलपुर नगरपालिकाले आफ्नो लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको थियो । गत आर्थिक बर्षमा नगरपालिकाले ३ करोड ५० लाख रुपैयाको लक्ष्य लिएकोमा २ करोड ६३ लाख ३५ हजार ९ सय ५१ रुपैया मात्र संकलन गर्न सफल भएको थियो । जुन कुल राजश्वको ७५ प्रतिशत हो ।

सधैभरी कोहलपुर नगरपालिकाले लक्ष्य भन्दा कम राजश्व संकलन गर्नुभन्दा पनी लक्ष्य भन्दा बढी राजश्व उठाउन नगरपालिकाले आफ्ना सबै संयन्त्रहरु परिचालन गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com